मुम्बई – नेपाल पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दनी थापाले भारतका करोडौं मास्टरकार्ड प्रयोगकर्तालाई सहजीकरण गर्नेगरी त्रिपक्षीय सम्झौता भएको बताएकी छिन् । मुम्बईमा ३ दिनसम्म चलेको ‘ग्लोबल फिनटेक फेस्टिभल’मा सम्पन्न त्रीपक्षीय सम्झौताले नेपालमा मास्टरकार्ड प्रयोगकर्तालाई सहजीकरण हुने उनले बताएकी हुन् ।
मुम्बईमा पर्यटन बोर्डले मास्टरकार्ड इन्डिया र मोको डिजिटल वालेट त्रीपक्षीय सम्झौता गरेको थियो । सो सम्झौताअनुसार भारतीय मास्टरकार्ड प्रयोगकर्ता नेपाल घुम्न आउँदा मोकोमार्फत विद्युतीय भुक्तानी गर्न सक्नेछन् । यसबाट भारतका करोडौं संख्यामा रहेका मास्टरकार्ड प्रयोगकर्ताले ‘क्यास’ बोक्न नपर्ने थापाको भनाई छ ।
‘नेपालको सुन्दरताको बारेमा भनिरहनुपर्दैन,’ थापाले भनिन्, ‘नेपालमा रहेका हिमाल, पहाड, हिमालय ट्रेकिङ रुट र ट्रेलको विश्वचर्चित छन् ।’ यस्तै उनले भारतमा चलेको गर्मी से बेहाल, चलो नेपाल’ क्याम्पेनको बारेमा समेत बताइन् । भारतबाट नेपालमा हवाई र सडकमार्गहुँदै घुम्न आउने भारतीयलाई यो सम्झौताबाट सहज हुने उनको भनाई छ ।
मास्टरकार्ड प्रयोगकर्ताले नेपालमा क्यूआर गर्नका लागि मोको डिजिटल समेत डिजिटल पार्टनरकारुपमा सम्झौता गरेको थापाले बैंकिङ्ग समाचारलाई जानकारी दिइन् ।
प्रतिक्रिया