काठमाडौं – साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुसन इनिसियटिभ (सार्फी)को नेतृत्व नेपाल राष्ट्र बैंकले गर्ने भएको छ । यससँगै सार्फीको अध्यक्षमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी नियुक्त भएका छन् ।
मध्यअमेरिकी मुलुक एल्साल्भाडोरको राजधानीमा २ सेप्टेम्बरदेखि जारी एलायन्स फर फाइनान्सियल इन्क्लुसन (एउफआई) ग्लोबल पोलिसि फोरम चलिरहेको छ । सो बैठक अन्तर्गत आज आयोजित ५औं सार्फी लिडर्स राउन्टेबलको मा सार्फीको अध्यक्षता नेपाल राष्ट्र बैंकलाई हस्तान्तरण भएको हो ।
सो अवसरमा गर्भनर अधिकारीले भर्चुअल माध्यमबाट सहभागीता जनाएर अध्यक्षता ग्रहण गरे । यस्तै बैठकले स्टेट बैंक अफ पाकिस्तान लाई उपाध्यक्ष चयन गरेको छ । यसअघिको नेतृत्व माल्दीभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्पmबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिए ।
सन् २०२२ सेप्टेम्बरमा जोर्डनको डेड सीमा सम्पन्न ‘ग्लोबल पोलिसि फोरम’को बाह्रौं बैठकका क्रममा सार्फी स्थापना भएको थियो । नेपाल राष्ट्र बैंकसहित बङ्गलादेश, भुटान, माल्दीभ्स, पाकिस्तान र श्रीलङ्काका केन्द्रीय बैंकहरू उक्त सञ्जालमा आबद्ध छन् ।
क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाई अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, विश्वव्यापी र क्षेत्रीयस्तरका असल अभ्यासको अनुसरण गर्दै सबै वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित सार्फी स्थापना गरिएको थियो ।
प्रतिक्रिया