काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै आज ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले यसअघि भदौं १२ गते पनि ४० अर्ब तानेकमो थियो भने आज पनि ४० अर्ब रुपैयाँ नै तान्ने भएको हो ।
केन्द्रीय बैंकले २१ दिन अवधिको ४० अर्ब रूपैयाँ निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हो । यसका लागि बैंकले आज ३ बजे बोलकबोल गर्नेछ । यो २१ दिने निक्षेप संकलन उपकरणको असोज ९ गते साँवा तथा ब्याज भुक्तानी गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा१० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।
प्रतिक्रिया