अर्थ मन्त्रालयले डीडीसीलाई ६० करोड ऋण दिने

अर्थ मन्त्रालयले डीडीसीलाई ६० करोड ऋण दिने


काठमाडौं – अर्थ मन्त्रालयले शर्तसहित दुग्ध विकास संस्थान (डीडीसी) लाई ६० करोड रुपैयाँ ऋण दिने भएको छ । अर्थ मन्त्रालयबाट सो रकम बराबरको ऋण लिने गरी मन्त्रिपरिषद्‌मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अर्थमन्त्रालयले सहमति दिएको हो ।

डीडीसीले यो रकम तत्कालका लागि किसानहरूलाई दूधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्नु पर्नेछ । चालु आर्थिक वर्षका लागि डीडीसीको नाममा ऋण लगानी अन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कुल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषमा प्रस्ताव पेश गर्न सहमति दिइएको हो ।