सेयर कारोबार डेढ बर्ष यताकै न्यून, लगानीकर्ताको आईतबार एकैदिन ४४ अर्ब गुम्यो

सेयर कारोबार डेढ बर्ष यताकै न्यून, लगानीकर्ताको आईतबार एकैदिन ४४ अर्ब गुम्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेप्से परिसूचक आईबार ३०.८९ अंकले घटेर २५ सय १३ दशमलव ४१ विन्दुमा झर्याे । म्युचुअल फन्र्ट बाहेकका बार्की १२ समूहले नेप्से घटाएका हुन् । परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि १ अर्ब ४६ करोडमा सिमित भयो । 

फागुन ३० गतेलाई अपवादको मान्ने हो भने यो रकम डेढ बर्ष यता कै न्यून हो । फागुन ३० गते १ अर्ब ३३ करोडको कारोबार भएको थियो तर त्यस दिन ब्रोकर डेटा स्टोरेजमा समस्या आउँदा २ घटा नबित्दै कारोबार बन्द गरिएको थियो । त्यस दिनलाई छोड्ने हो भने आईतबारको कारोबार रकम २०७७ असोज २९ गते यताकै न्यून हो । सो दिन १ अर्ब ४२ करोडको सेयर किनबेच भएको थियो भने नेप्से १५ सय ५६ विन्दुमा थियो त्यसो त नेप्से झन्डै दोब्बर अंकले बढ्यो, जसले गर्दा कारोबार रकम पनि अत्याधिक हुने गरेको थियो । तर अहिले नेप्से बैकिङ्ग प्रणालीमा देखिएको लगानी योग्य रकम अभाव र चर्काे व्याजदरको प्रभावमा छ ।

नेप्सेले स्पष्ट दिसा समाउँन नसक्दा लगानीकर्ता दवावमा छन् । आईबार लगानीकर्ताले ४४ अर्ब रुपैंया बराबरको सम्पत्ती गुमाएका छन् । बजार पूजीकरण ३५ अर्ब ६८ अर्ब रुपैंयामा झरेको छ । यस दिन राष्ट्र उद्यान लद्युवित्त, इमर्जिङ्ग नेपाल, र नेष्टो समृद्धिको सेयर मुल्य सकारात्मक सक्रिट लेभलमा कारोबार भयो । १९ कम्पनीको सेयर मुल्य बढ्दा १ सय ७२ कम्पनीको सेयर मुल्य घटेको छ ।