ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?

ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  
ग्रीन भेन्चर्स कम्पनी लिमिटेडको प्रारम्भिक सर्वाजनिक निष्काशन ९आईपीओ० चैत्र २० गते आइतबार बिहान बाँडफाँड भएको छ । आईपीओ बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलकै कार्यालय नयाँ बानेश्वरमा बाँडफाँड भएको हो ।

धितोपत्र निष्कशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको सेयर बाँडफाँडमा गोलाप्रथाद्वारा भाग्यमानी २ लाख ८७ हजार ५०० जना लगानीकर्ताले गोलाप्रथाबाट १० कित्ता सेयर हात पारेका छन् ।

कम्पनीले चैत्र ८ गते मंगलबारदेखि चैत्र ११ गते, शुक्रबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । आईपीओमा कुल २१ लाख ५७ हजार ६३१ जना आवेदकहरुले २ करोड ५९ लाख ४० हजार ५६० कित्ताका लागि आवेदन दिएका थिए ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७५० कित्ता आईपीओ जारी गरेको हो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।