सेयर बजारको ओरालो यात्रामा ब्रेक, लगानीकर्ता उत्साहित

सेयर बजारको ओरालो यात्रामा ब्रेक, लगानीकर्ता उत्साहित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
लगातारको गिरावट पछि आज (बुधबार) सेयर बजारमा वृद्धि देखिएको छ । नेप्से परिसूचकमा हरियाली छाउँदा लगानीकर्ता उत्साहित भएका छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ४०.६८ अंकले बढेर २५६८.२५ विन्दुमा पुगेको छ । नेप्से परिसूचक १.६१ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.१३ अंकले बढेर ४८०.०६ विन्दुमा पुगेको छ  ।

कूल २३२ वटा कम्पनीको ४५ लाख २ हजार ५ सय ११ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब २५ करोड १ लाख १७ हजार २ सय ९६ रूपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै समूह बढेको छ । बुधबार सबैभन्दा धेरै अन्य समूह बढेको छ ।

बुधबार सिद्धार्थ इन्स्योरेन्स लिमिटेको सर्वाधिक कारोबार भएको छ । आज इन्स्योरेन्सको ११ करोड २७ लाख २४ हजार ४ सय ६ रूपैयाँको कारोबार भएको हो । 
आज बिभिन्न तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन इमर्जीङ नेपाल लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । इमर्जीङ नेपाल लिमिटेडको सेयरमूल्य आज १० प्रतिशतले बढेर १ हजार १ सय १३ रुपैयाँ ५० पैसा पुगेको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर १ हजार १ सय ९९ रुपैयाँ ६० पैसा पुगेको छ । त्यस्तै नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ९ सय ५९ रुपैयाँ ८० पैसा पुगेको छ । 

यस दिन ९.५ प्रतिशत एनसिसि डिबेञ्चरको मूल्य सर्वाधिक घटेको छ । आज डिबेञ्चरको मूल्य २ प्रतिशतले घटेर ९ सय २१ रुपैयाँ २० पैसमा अन्तिम कारोबार भएको छ ।