ग्रीन भेन्चर्सको आईपीओ आइतबार बिहान बाँडफाँड हुने

ग्रीन भेन्चर्सको आईपीओ आइतबार बिहान बाँडफाँड हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

ग्रीन भेन्चर्स कम्पनीको आईपीओको चैत्र २० गते आइतबार बाँडफाँड हुने भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध लक्ष्मी क्यापिटलको अनुसार चैत्र २० गते, आइतबार क्यापिटलको कार्यालय नयाँ बानेश्वरमा आईपीओको बाँडफाँड गर्न लागिएको हो ।

उक्त साधारण सेयरको प्रि–अलटमेन्ट मंगलबार सम्पन गरी स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाइसकिएको क्यापिटलले जानकारी दिएको छ ।

कम्पनीले चैत्र ८ गते मंगलबारदेखि चैत्र ११ गते शुक्रबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि तथा ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका इकाईहरुका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको २८ लाख ७५ हजार कित्ता साधारण सेयरमा सर्वसाधारणहरुले आवेदन गर्न सक्नेछन् ।

अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २१ लाख ५७ हजार ६३१ जना आवेदकहरुले २ करोड ५९ लाख ४० हजार ५ सय ६० कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीको आईपीओमा ८६ प्रतिशत आवेदकको हात खाली हुने तथ्याङ्क रहेको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार कम्पनीको आईपीओ २ लाख ८७ हजार ५०० जना भाग्यमानी लगानीकर्ताले गोलाप्रथाबाट १० कित्ताका दरले पाउनेछन् । जुन कुल आवेदकको १४ प्रतिशत मात्र हो ।