बैंकिङ्ग समाचार, काठमाडौं ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशन को सेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कर्पोरेशनले चैत १५ गते मंगलबार बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बोनस समायोजन गरि सेयरमूल्य निर्धारण गरेको हो ।
नेप्सेले १० प्रतिशत बोनस समायोजन गरि नयाँ मूल्य तोकेको हो । जसअनुसार बोनस समायोजनपश्चात कम्पनीको सेयरमूल्य ४६८३.६४ रुपैयाँ निर्धारण गरिएको छ ।
अघिल्लो कारोबार दिन सोमबारको अन्तिम मूल्यका आधारमा नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गरेको हो । सोमबार कम्पनीको सेयर प्रतिकित्ता ५१५२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
अब मंगलबार समायोजित सेयरमूल्यलाई आधार मानेर कम्पनीको सेयर कारोबार खुल्नेछ ।
लाभांश पारित गर्न साल्ट ट्रेडिङ्गले चैत ३० गते बुधबार बिहान ११ बजे ५५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने २ करोड ३० लाख ४८ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनको लागि ११ लाख ५२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने लगायतका विभिन्न प्रस्तावहरु छलफल गरी अनुमोदन गर्नेछ ।
प्रतिक्रिया