अमृत पुडासैनी, काठमाडौं
पछिल्लो समय युट्युब प्रयोगकर्ता नेपालमा पनि उल्लेख्य मात्रामा बृद्धि भईरहेका छन् । समय कटाउनको लागि होस् वा मनोरन्जन तथा केही नयाँ कुरा सिक्न र हेर्नको लागि युट्युबको प्रयोग गर्ने गरिन्छ ।
त्यतिमात्र नभई हरेक व्यक्तिमा भएको क्षमतालाई धेरै मानिसको बिचमा देखाउँने माध्यमपनि युट्युब नै भएको छ । कुनै समय समाचार वा अन्तर्राष्ट्रिय स्तरमा भएको घटनालाई हेर्न तथा पढ्नको लागि रेडियो तथा टिभिमा आउने समाचारको भर हुन्थ्यो कि त भोलीपल्टको पत्रपत्रिकाको पर्खाइमा बस्नुपर्दथ्यो तर हालको समयमा त्यो स्थिति छैन, यसलाई युट्युबले निकै सरल र सजिलो बनाइदिएको छ ।
यस्तो किसिमका बिभित बिशेषता तथा असङ्ख्य संभावना भएको युट्युबबाट कसरी पैसा कमाउन सकिन्छ होला भन्ने जिज्ञासा धेरैमा रहेको हुन्छ ।
यसै विषयमा रहेर युट्युबको माध्यमबाट कसरी आम्दानी गर्न सकिन्छ त यसका के–कस्ता तरिकाहरु हुन्छन् तल उल्लेख रहेको छः
बिज्ञापन
सामान्य तया हामीलाई थाहा भएकै कुरा हो कि, बिज्ञापनबाट पैसा कमाउन सकिन्छ । युट्युबमा कमाई हुने भनेकै बिज्ञापन बाट नै हो । तर बिज्ञापन पाउनको लागि युट्युबको केहि नियम पालना गर्नुपर्ने हुन्छ । त्यो नियम अनुसार काम भएन भने हामीलाई बिज्ञापन आउदैन ।
युट्युबमा बिज्ञापन प्राप्त गर्नको लागि हामी सँग १ हजार जना सब्क्राइबर हुनु जरुरी छ । पछिल्लो १२ महिना यता आफ्नो च्यानलमा एक घण्टा भिडियो हेर्नेको संख्या चार हजार भन्दा बढी हुन जरुरी छ । यो भनेको एकदमै गाह्रो हो । तर असम्भव भने होइन किनभने बिज्ञापन पाउने धेरै छन् । केही समय भने अवश्य नै लाग्छ । फेरी १ हजार जना सब्ष्क्राइबर र चार हजार जनाले भिडियो हेरे भने तपाईले आफ्नो च्यानलमा बिज्ञापन हाल्न भने सक्नुहुन्छ ।
यसबाट कति पैसा कमाउन सकिन्छ भन्ने सवालमा धेरै जनालाई के लाग्छ भने कुनै पनि च्यानलको हेराई (भ्युज) बाट पैसा कमाउन सकिन्छ भन्ने छ । तपाई कति पैसा कमाउनु हुन्छ भन्ने कुरा भ्युज मा होइन कि बिज्ञापनमा भर पर्ने कुरा हो । कुनै च्यानलमा भ्युज कम भएपनि विज्ञापन धेरै भएमा राम्रो पैसा कमाउन सकिन्छ ।
एफिलिएटेड (सम्बधन) मार्केटिङ
यसको बिशेषता के हो भने यसको लागि हजार जना सब्ष्क्राइबर वा एक घण्टामा चार हजारले हेर्न पर्ने आवश्यक छैन । यसबाट तपाईले सुरुबाट नै पैसा कमाउन सक्नुहुने छ ।
तर सुरुमा बुझौं एफिलिएटेड (सम्बधन) मार्केटिङ भनेको के–हो ? सरल भाषामा भन्दा सम्बधन मार्केटिङ भनेको यदि तपाईले केही सामान किन्नको लागि भन्नुहुन्छ भने त्यसको बापत तपाईले केही फाईदा पाउँन सक्नुहुन्छ, यसैलाई सम्बधन मार्केटिङ भनिन्छ । जस्तै मैले आफ्नो च्यानलको डिस्क्रीप्सन बक्समा कुनै सामानको लिङ्क राखिदिए भने त्यस लिङ्कको माध्यमबाट कसैले दराजमा गएर त्यो सामान किन्छ भने, मैले त्यसबापत केहि पैसा पाउँनेछु ।
तर नेपालमा यस्तो खालको मार्केटिङ त्यति धेरै चल्तीमा छैन । तर दराजले भने यस्तो खालको मार्केटिङ २०२१ बाट मात्र सुरुवात गरेको छ । नेपालमा किन यस्तो हुदैन भने यहाँ थोरैले मात्र अनलाईन मार्फत कारोबार गर्ने भएकोले पनि सम्बधन मार्केटिङ त्यति धेरै चलनमा छैन ।
प्रायोजक
युट्युब बाट पैसा कमाउने अर्काे तरिका हो प्रायोजक, धेरै कम्पनीहरुले आफ्नो सामानको व्यापार गर्नको लागि प्रायोजन गर्नेगर्दछन् । जस्तै कुनै पनि खेलकुद वा सार्वजनिक कार्यक्रमको प्रायोजन एक न एक कम्पनी वा संस्थाले गरिरहेको हुन्छ त्यस्तै उनीहरुले अनलाईनको माध्यमबाट पनि आफ्नो सामानलाई बिक्री गर्नको लागि प्रायोजन गरेको हुन्छ ।
यस्तै प्रायोजन गरे बापत तपाईलाई केही रकम आउने गर्छ । युट्युबको बिज्ञापनमा कुनै प्रकारको बार्गेनिङ हुदैन तर प्रायोजनको लागि भने बार्गेनिङ गर्न सक्छौं ।
तपाईको च्यानल प्रयोगकर्ताको हिसाबले तपाईले प्रायोजकसँग प्रयोगकर्ताको संख्याको हिसाबले पैसा लिन सक्नुहुन्छ । यो भनिरहदा प्रयोगकर्ताको कमी भएमा प्रायोजन नआउने भने होइन । आउन सक्छन, त्यसको लागि तपाईले केही कम्पनीहरुलाई अनुरोध गर्नु पर्ने हुन्छ । तपाईले कुनै एउटा भिडियोको लागि एक वा दुई ओटा कम्पनीको प्रायोजन पाँउनु भयो भने पनि धेरै सहयोग हुनेछ ।
युट्युब शर्ट्श
युट्युबले सन् २०२१ मा यो प्रकारको बिशेषता ल्याएको थियो । सामान्यतया यो टिकटक जस्तै हो, जहाँ भिडियो बनाउँनेले एक मिनेट सम्मको भिडियो बनाएर यसमा राख्न सकिन्छ । यसको लागि सय मिलियन डलर युट्युबले छुट्याएको छ । युट्युब शर्ट्श भिडियो बनाउने हरुले यही सय मिलियन बाट केही रकम प्राप्त गर्दछन् ।
सामान बेच्ने
युट्युब एप भित्र नै सामान किन्न वा बेच्न सक्ने व्यवस्था युट्युबले गरिदिएको छ । तपाईले आफ्नो च्यानलको नाम राखेर विभिन्न प्रकारको सामानहरुको बिक्रीको फोटो राख्न सक्नुहुन्छ । तर यसको लागि तपाई सँग १० हजार सब्ष्क्राइबर हुनै पर्छ । तर तपाईको च्यानलमा दश हजार सब्ष्क्राइबर छैनन् भनेपनि केही यस्ता एपहरु छन् जुन एपमा तपाई सामान बिक्रीको लागि त्यस प्रकारको एपको प्रयोग गर्न सक्नुहुन्छ । र त्यस्तो एपबाट लिङ्क आफ्नो युट्युब च्यानलको डिस्क्रीप्सनमा राख्न सक्नुहुन्छ र तपाई यसरी पनि आम्दानी गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया