काठमाडौं – संसदीय समितिअन्तर्गतको अर्थ समितिले आज बैंकिङ्ग कसुर तथा सजाय दोस्रो संशोधन विधेयक,, २०८० माथि छलफल गर्ने भएको छ । विधेयकको दोस्रो संशोधनमा राखिएका व्यवस्थामाथि छलफल गर्ने लक्ष्यसहित समितिले आज बैठक राखेको हो ।
यो छलफलमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल समेत जानेछन् । दिउँसो ४ बजे बस्ने बैठकमा अर्थमन्त्री पौडेल सहभागी बनेर संसदीय समितिमा उठेका प्रश्न तथा जिज्ञासा सम्बोधन गर्ने भएका हुन् ।
प्रतिक्रिया