शेयर बजारमा लगानी गर्नेहरुले ध्यान दिनुपर्ने कुराहरु 

शेयर बजारमा लगानी गर्नेहरुले ध्यान दिनुपर्ने कुराहरु 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमृत पुडासैनी, काठमाडौं ।

नेपालमा पछिल्लो समय सेयर बजारको बारेमा धेरै जनसमुदायलाई ज्ञान बढ्दै गइरहेको पाइन्छ । अझ भन्नुपर्दा कोभिडको समयमा त सेयर बजारको बारेमा बुझ्ने जमात पनि निकै रहेका थिए । त्यही लकडाउनले ठुलो जनमानसमा सेयरको ज्ञान लिनमा कोभिडको समयले ठुलो सहयोग गर्याे । 
सेयर बजारको राम्रो जानकारी हुनेलाई नाफा आर्जन गर्न गाह्रो छैन । यसका लागि शेयर बजारमा लगानी गर्नुले पनि थोरै रकमले धेरै आयको बाटो बनाउँछ । यसको लागि सेयर बजारको बारेमा बुझ्नु निकै जरुरी हुन्छ । सेयर बजारको बारेमा ज्ञान कम हुनेले लगानी गरेर ठुलो संकटको सामना गरेको उदाहरण धेरै छ । हाम्रो मानसिकतामा के रहेको छ भने धेरै लगानी गर्न सके धेरै आर्जन हुने कुराले दिमागमा जरा गाडेर बस्या छ ।

अर्बपति टिम जि र माइकल जि ले शेयरबजार बारे बताएको केही सुत्रहरु हामीले प्रस्तुत गरेका छौ । उनीहरुको यी सुत्रले तपाईको उदेश्यमा ठुलो मदत पुग्ने छ ।

१) सेयर किन्नुहोस र छोटो समयमा बेचिदिनुस् । 

केही यस्ता व्यक्तिहरु हुन्छन्, जो मार्केटको उचाइमा पुगेपछि मात्र धनी हुने सोच राख्छन् तर यो गलत हो । नाफा कमाउँनको लागि होल्ड गरेर बस्नु हुदैन । छोटो समयमा गरिने किनबेचलाई प्राथमिकता दिनुहोस । साथै कारोबार गरिरहेकाहरुको बारेमा अध्ययन गर्नुहोस । त्यो नै नाफा कमाउनै सुचक बन्नेछ ।

२) स्टकले बनाएको उचाईको अध्ययन गर्ने ।

पछिल्लो समय लगानीकर्ताहरु अरुको हुटहुटीमा सेयर मार्केटमा हात हालीरहेका हुन्छन् । साथै बुझ्दै नबुझी दोस्रो बजारमा हात हाल्न तम्सिरहेका हुन्छन । तर यी काम गर्नु पूर्व हामीले सामान्य जान्नुपर्ने भनेको हट स्टकको अध्ययन हो । स्टकले नयाँ उचाइ बनाइराख्दा स्टकको प्याट्र तथा स्थानबारे ध्यान बनाइ राख्नुहोस् । सेयर बजारमा हल्लाले बनाएको नयाँ गिरावटलाई खासै ध्यान नदिनुहोस् ।
३) बजारमा चल्ने हावादारी कुराको पछाडी नजोडिने ।

हाल सामाजिक सञ्जालमा सेयर मार्केटको बारेमा ठुलै समुहहरुको कुराकानी सुनिन्छ । त्यस मध्येमा पनि क्लब हाउस लगायत सामाजिक सञ्जालमा सेयर बजारको बारेमा जानकारी दिने भन्दै धेरै कार्यक्रमहरुको आयोजना गरिएको हुन्छ । र त्यसैको पछि लाग्ने जमान पनि निकै बढी छन् । तर यस्तोको पछाडी नलाग्नुहोस । 
फलानो कम्पनीको सेयरबाट यति कमाइ, फलानोले भनेको फलानो कम्पनीले यति बोनस दिन्छ भन्ने जस्ता कुराको बारेमा समिक्षा गरिरहेको पाइन्छ, यस्तो कुराको पछाडी नलाग्नुस् । यस्ता कुरा सुन्नु भयो भने वास्तविकता के–हो पत्ता नलगाई कुनै कदम नचाल्नुहोस ।

४) सहि सुचनालाई प्र्याउनु होस ।

पछिल्लो समय सेयर मार्केट सम्बन्धी धेरै समुहहरुको गठन गरिएको छ । यस्तो समुहबाट आउने खबर सहि र सत्य नहुन पनि सक्छ । त्यसैले सही सुचनाको लागि सम्बन्धीत निकाय लाई पर्छाउनुको साथै सुचना सही हो, होइन भन्नको लागि सुचनालाई प्रमाणित गरेर प्रसारण गर्ने सञ्चार माध्यमलाई पलो गर्नुहोस ।
एकै पटक धेरै कम्पनीको सेयर नलिने ।
लगानीकर्ताले कहिलेकाही कारोबार हुने सबैभन्दा सस्तो मूल्यमा रहेका सेयर किन्नुभन्दा पनि उछालमा रहेका सेयर बेचेर फाइदा लिनु बुद्धिमानी हुनेछ । मध्यम मुल्य निरन्तर कारोबार हुने सेयरबाट पनि फाइदा लिनु बृद्धिमानी हुनेछ । मध्यम मुल्यका निरन्तर कारोबार हुने सेयरबाट पनि फाइदा लिन सकिन्छ । साथै सस्तो सेयर किनेर फाइदा गर्छु भन्ने सोच गलत नभए पनि उछालका सबैभन्दा बढी कारोबार हुने सेयरले फाइदा दिने सम्भावना निकै बढी हुन्छ ।

५) सधै एउटै योजना बनाउनुहोस 
यदि तपाई गम्भिर भएर सेयर बजारबाट लामो समयसम्म नाफा कमाउने योजनामा हुनुहुन्छ भने एउटा केन्द्रिकृत योजना बनाएर अगाडी बढ्नु राम्रो हुन्छ । डर र लोभ दुबैलाई मिलाएर अगाडी बढ्नसक्नुपर्छ । आफ्नो योजनाबाट बिमुख नहुनुहोस् । सामान्य नोक्सानी देखिदा नआत्तिनुहोस । तपाईको इच्छाशक्ति र तपाईले बनाएको योजनाले नै तपाईको कमाईलाई निर्धारण गर्छ । लगानी गरिसकेपछि त्यसमा आउने संभावित जोखिमलाई सहन गर्ने क्षमता अनुसार मात्र लगानी गर्नुहोस्, जसले तपाईको आत्मविस्वासलाई अझै बढाउन सकोस् ।