के हो ‘ग्लोबल मनि विक’ अभियान ? कसरी गर्छ वित्तिय साक्षरतामा सहयोग ?

के हो ‘ग्लोबल मनि विक’ अभियान ? कसरी गर्छ वित्तिय साक्षरतामा सहयोग ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
वित्तिय साक्षरता सम्बन्धी विश्वव्यापी कार्यक्रम ‘विश्व वित्तिय सप्ताह’ (ग्लोबल मनि विक) २०२२ जारी छ । यस सप्ताह अन्तर्रगत नेपालमा पनि मार्च २२ देखि २८ सम्म विभिन्न कार्यक्रम गरी मनाइने छ ।
यो किशोर किशोरी तथा युवाहरुमा वित्तिय शिक्षाको महत्व बारे जागरण ल्याउने उदेश्यले मनाइने अभियान हो । बालबालिका तथा युवाहरुमा वित्तिय ज्ञान र सिप अभिवृद्धि साथै व्यवहारीक रुपमा सक्षम बनाउँदै उनिहरुलाई बिबेकशिल वित्तिय निर्णय लिन, अभिप्रेरित गर्न राष्ट्र बैंक र अन्य बैंक तथा वित्तिय संस्थाहरुले विभिन्न कार्यक्रम संचालन गरिरहेका छन् ।

वित्तिय साक्षरता सम्बन्धी कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले भने, ‘यस कार्यक्रममा बंैक तथा वित्तिय संस्था जसलाई राष्ट्र बैंकले नियमन गरिरहेको छ यि मात्र नभई पिएसपि तथा पिएसओ हरुलाई पनि सहभागि गराएका छौं । नेपाल राष्ट्र बैंकले उपत्यका बाहिर पनि ग्लोबल मनि विकका विशेष कार्यक्रमहरु गरिरहेको छ । यसमा विषेश साना तथा मझौला उद्योगहरुलाई समेटेर यस कार्यक्रम सञ्चालन गरेका हौं ।’

सन्. २०१२ देखि मनाउन सुरु गरिएको यस सप्ताह १७५ वटा राष्ट्रमा मनाउन थालिएको साथै यस कार्यक्रम ४ करोड ४२ लाख बालबालिका तथा युवा माझ पुगिसकेको छ ।
‘सिक, बचत गर र कमाउ’ भन्ने स्थाई नारा यस कार्यक्रमकको रहेको छ । यस ग्लोबल मनि विक २०२२ को मुल नारा भने ‘द्यगष्मि थ्यगच ँगतगचभ, द्यभ क्mबचत ब्दयगत ःयलभथ’ रहेको छ । यस नाराले भविष्य निर्माणमा पैसाको सहि सदुपयोग गर्न अभिप्ररित गर्दछ ।

सात वटै प्रदेशमा सात दिन सम्म मनाइने ‘ग्लोबल मनि विक’ ले आम जनतामा पैसाको महत्व बुझाउन सहयोग पुग्ने विश्वास छ ।

गर्भनर अधिकारी थप भन्छन्, ‘राष्ट्र बैंकले वित्तिय साक्षरता सम्बन्धित बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको हुन्छ । नेपाल राष्ट्र बैंकले पनि वित्तिय ज्ञान अभिवृद्धि सम्बन्धी निश्चित कार्यक्रमको घोषणा गरेको छ । कर्जा, निक्षेप आदीको बारेमा विद्यार्थी माझ यस्ता कार्यक्रमहरु सञ्चालन गर्ने गरेका छौं । त्यसैले पनि यो वित्तिय चेतना हामी सबैमा निकै महत्वपूर्ण हुन्छ । चेतना थप्ने वा सिक्ने कुरा कहिले नसकिने भएकोले पनि यस्तो कार्यक्रमहरु धेरै मात्रामा हुनु पर्दछ ।’

मुलुकमा वित्तिय शिक्षाको प्रवन्धन गर्दै वित्तिय साक्षरता यवम् जागरण अभिवृद्धि गरि वित्तय समावेशिता प्रवन्र्धन मार्फत स्वरोजगार सिर्जना, उत्पादन तथा आय अभिबृद्धि गरि आर्थिक सवृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल राष्ट्र बैंक एवम् अन्य बैंक तथा वित्तिय संस्थाका साथै, नेपाल धितोपत्र बोर्ड, विमा समितिले पनि विभिन्न साक्षरता सम्बन्धी कार्यक्रम गर्ने योजना बनाइरहेका छन् ।