नेपाल टेलिकमले ४० प्रतिशत लाभांशको तोक्यो बुकक्लोज मिति

नेपाल टेलिकमले ४० प्रतिशत लाभांशको तोक्यो बुकक्लोज मिति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल टेलिकमले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको ४० प्रतिशत लाभांश तथा साधारण सभा प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ ।

टेलिकमले चैत ११ गते शुक्रबारदेखि चैत २३ गतेसम्म बुकक्लोज गर्ने मिति तोकेको छ । यसअनुसार चैत १० गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र उक्त लाभांश पाउनेछन् ।

टेलिकमले लाभांश सहितका चैत २४ गते बिहीबार साधारण सभा बोलाएको छ । कम्पनीले २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद गरी कुल ४० प्रतिशत बोनस सेयर दिन लागेको हो ।

टेलिकमले गत आवको नाफबाट पहिलोपटक सेयरधनीलाई बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।