बढ्यो विदेशी मुद्राको सञ्चिती, साढे १५ महिनाको वस्तु आयात धान्ने

बढ्यो विदेशी मुद्राको सञ्चिती, साढे १५ महिनाको वस्तु आयात धान्ने


काठमाडौं – विदेशी विनिमय सञ्चिति ३२.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथ्यांकअनुसार विदेशी मुद्राको सञ्चिती उल्लेख्यरुपमा बढेको हो ।

२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड विदेशी विनिमय थियो । यो ३२.६ प्रतिशतले बढेर २०८१ असार मसान्तमा आइपुग्दा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ कायम भएको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिती २०८० असार मसान्तमा ११ खर्ब ७१ करोड थियो । जुन, २०८१ असार मसान्तसम्म आइपुग्दा ३०.४ प्रतिशतले बढेर १५ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

यसैगरी कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २०८० असार मसान्तसम्म १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ थियो । जुन, २०८१ असार मसान्तमा ३७.४ करोडले बढेर १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।

यस्तै बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तसम्म १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ थियो । २०८१ असार मसान्तसम्म आइपुग्दा १ खर्ब ९२ अर्ब ५५ करोड पुगेको केन्द्रीय बैंकले जानकारी दिएको छ । यो ०.५ प्रतिशतको वृद्धि हो ।

यससँगै २०८०/८१ को आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रमा रहेको विदेशी विनिमय सञ्चितिले १५.६ महिनाको वस्तु आयात धान्न सक्ने भएको छ । यस्तै १३ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।