ग्लोबल आइएमई बैंकको रणनितिः ग्रामीणमै पुग्ने, विदेशमा पनि फैलिने 

ग्लोबल आइएमई बैंकको रणनितिः ग्रामीणमै पुग्ने, विदेशमा पनि फैलिने 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनोज रेग्मी, काठमाडौं ।
समय बदलिएको छ । बैंकहरु उद्योगका रुपमा विकसित हुँदै गइरहेका छन । स–साना कर्जामा लगानी गर्ने बैंकहरु आज ठुला–ठुला आयोजनामा लगानी गर्न सक्षम बन्दै गएका छन् । कुनैबेला सामान्य एल.सी. खोल्नसमेत महिना दिन लाग्थ्यो, ग्राहकहरु भौँतारिन्थे, तर अहिले काम गर्ने शैलीमा परिवर्तन आएको छ । सोच बदलिएको छ । मान्छेका चाहना र अवसर पनि बदलिएका छन । विगतमा बैंकिङ्ग प्रणलिमा चुनौतीका चाङ थिए । अहिले जस्तो सहज अवस्था थिएन । ३ सरकारी र अन्य ३ निजी विदेशी लगानीका बैंकहरु मात्र थिए । बैंकिङ्ग कारोवार गर्न असाध्यै गाह्रो थियो । उपभोक्ता बैंक खोज्दै जानुपथ्र्याे तर अहिले बैंकहरुले ग्राहक खोज्छन् । यस्तै चुनौती र अवसरका भिडमा ग्लोबल आइएमई बैंक ‘नम्बर वान’ बैंकको रुपमा परिचित बनेको छ । २०६३ सालमा ‘क’ वर्गको कारोबार इजाजत प्राप्त गरी सञ्चालनमा आएको तत्कालीन ग्लोबल बैंक लिमिटेडले चरम उतारचडाव र अफ्ठ्याराहरुलाई छिचोल्दैँ १५ औँ वर्ष पार गरेको छ । २०६९ सालमा साबिकको आइएमई फाइनान्सियल इन्स्टिच्यूसन लिमिटेड तथा लर्ड बुद्ध फाइनान्स लिमिटेडलाई गाभ्दै ग्लोबल आइएमई बैंक लिमिटेड बनेको हो । पछिल्लोपटक जनता बैंकलाई गाभ्दै आफुलाई प्रभावशाली सावित गरेको बैंकले हालसम्म १८ वटा बैंक तथा वित्तिय संस्थाहरुलाई गाभेको छ । नेपालको समस्या बचत नगरी अनावश्यक खर्च गर्नेमा छ । नेपाल भित्रिएको खर्बौ विप्रेषण रकम अनुत्पादक क्षेत्रमा र मुख्यतः विलासिताका सामान खरिदमा खर्च भइरहेको छ । यसकारण ग्लोबल आइएमई बैंकले जनतालाई कसरी बैंकिङ्ग प्रणालिमा आबद्ध गराउने र बचत गर्न सिकाउने भन्नेतर्फ केन्द्रीत रहेको छ । सरकारले शुरु गरेको ‘एक घर, एक बैंक खाता’ अभियानलाई पनि बैंकले अत्मासाथ गरेको छ ।
यस्तो छ ग्लोबल आइएमई बैंकको वित्तिय अवस्था 

\"\"\"\"\"\"
ग्लोबल आइएमई बैंक नै किन ?

सामान्यता बचत गर्न ग्राहक बैंकमा आउँछन् तर ग्लोबल आइएमई बैंकले बचत मात्रै गर्दैन । बचत भएको पैसा बृहत आर्थिक लाभ हुने क्षेत्रमा लगानी गर्छ । जो कोहीले बचत गरेको रकम पनि कहाँ लगानी भयो भनेर जान्न सक्छन् । बैंकले दिगो आर्थिक विकासका क्षेत्रमा लगानी बढाएको छ । बचतकर्ताको पैसाले ब्याज मात्रै कमाउँदैन, दिगो आर्थिक विकास पनि गर्छ भन्ने मान्यता बैंकले अगाडी सारेको छ । बैंकले डिजिटल बैंकिङ्गमा पनि उत्तिकै ध्यान दिएको छ । नेपालको कर्पोरेट बैंकिङ्ग एवम् सुशासनमा ग्लोबल आइएमई बैंक अरूभन्दा धेरै माथि छ । नेपालमा मोबाइल बैंकिङ्गको प्रयोग बढ्दै गएको छ । हरेकको हातमा स्मार्ट फोन पुगेका छन् । युग नै अब विद्युतीय बैंकिङ्गमा जान लागेको छ । ग्राहकलाई गुणस्तरीय डिजिटल बैंकिङ्ग सेवा दिने बैंकको पहिलो लक्ष्य छ । २० लाखभन्दा धेरै ग्राहक आधार भएको र देशभर उपस्थिति भएको बैंक भएका कारण सुलभ र सरल सेवा प्रवाह बैंकले सफताका साथ गरेको छ । त्यसैले पनि ग्लोबल आइएमई बैंकलाई ‘नम्बर वान’ भनिएको हो । बैंकको वित्तीय स्रोत व्यवस्थापन विभागले सबै शाखाहरुसँग प्रत्यक्ष रुपमा अन्र्तक्रिया गर्दै उनीहरुको कार्यसम्पादनको समीक्षाका साथै सल्लाह सुझाव र आवश्यक प्राविधिक सहायता पनि प्रदान गरिरहेको पाइन्छ । साना तथा मझौला ग्राहकहरु बैंकको प्रमुख प्राथमिकता हुन् । वैकल्पिक डिजिटल सेवाहरुको विकास र सेवाप्रवाहमार्फत् ग्राहकलाई सहजीकरण गर्नु र ग्लोबल आइएमई बैंकसँग कारोबारका लागि प्रोत्साहीत गर्नु बैंकको मुख्य प्राथमिकताका विषय हुन । ग्लोबल आइएमई बैंकले डिजिटल काउन्टरको अवधारणा कार्यान्वयनमा ल्याउन नमुना चरणमा परियोजना अघि बढाइसकेको छ । यसका साथै बैंकको उपस्थिति सशक्त बनाउन व्यवसायिक प्रस्तावहरुप्रति कुनै सीमा राखेको छैन । रेमिट्यान्स सटही, नयाँ शाखा, शाखारहित बैंकिङ्ग लगायतका सेवाहरुलाई बैंकले राम्रोसँग प्रवाह गरिरहेको पाइन्छ । सामाजिक रुपमा उत्तरदायी बैंक हुनुको नाताले, ग्लोबल आइएमई बैंकले आफूमा मानवीय व्यवहार एवम् वातावरण तथा समाजको सेवामा प्रतिवद्ध बैंकको रुपमा प्रस्तुत भएको छ ।
\"\"
१८ संस्थाको संगम
देशकै ठुलो वाणिज्य बैंक बन्न सफल ग्लोबल आईएमई बैंक अन्य बैंकहरुको साथै वित्तिय संस्थालाई पनि आफुमा गाभ्ने अभ्यास थियो । १२ बर्षको अन्तरालमा आईपुग्दा हाल सम्म बैंकले अन्य १७ संस्थाहरु आफुमा गाभिसकेको छ । ग्लोबल आइएमई बैंक र कमर्स ट्रष्ट बैंकका साथै १५ वटा बिकास बैंक र फाइनान्स कम्पनीहरु गाभिएका छन् । तथा देशको ठुलो वाणिज्य बैंक ग्लोबल आइएमई बन्नु पूर्व ठुलो वाणिज्य बैंक जनता बैंकलाई पनि आफ्नो क्षेत्राधिकारमा ल्याएको छ । यस बैंकमा मिसिने बिकास बैंकहरुमा गुल्मी बिकास बैंक, त्रिवेणी बिकास बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, कन्जुमर डेभलपमेन्ट बिकास बैक, रिलायवल डेभलपमेन्ट बैंक, ड्राइ डेभलपमेन्ट, बाइट डेभलपमेन्ट, पब्लिक डेभलपमेन्ट र सिद्धार्थ डेभलपमेन्ट बैंक ग्लोबलमा समाहित भएका छन् भने अन्य बिकास बैंकहरु सँग पनि मर्जरको प्रयत्न भईरहेको छ । फाइनान्सहरुमा आईएमई फाइनान्स, लर्ड बुद्ध फाइनान्स, हाथवे फाइनान्स, शुभलक्ष्मी फईनान्स र नेपाल आवास फाईनान्स पनि ग्लोबलमा मिसिएका छन् ।

\"\"
ग्रामिणमै जाऔं र केही गरौं भन्ने सोच
ग्लोबल आइएमईले देशको विकासका लागि पहिले आन्तरिक स्रोतको जगेडा गरौँ भन्नेतर्फ ध्यान दिएको छ । सरकारले शुरु गरेको सबै नेपालीको बैंक खाता अभियानले सफलता पाइरहेको छ । पूँजी निर्माण र बैंकिङ्ग पहुँच पुर्याउने तर्फ यो एउटा सुवर्ण अवसरको साथै खर्च गर्ने मात्रै होइन बचत गर्ने बानिको पनि विकास गर्ने अभियान हो । ‘खोलौँ खाता’ भन्ने नाराले बैंकिङ्ग उद्योगलाई सहयोग गरेको छ । यस्तो अभियानलाई गम्भिरतापूर्वक लिँदै बैंकले राजधानीमामात्रै नभई देशका कुना कुनाबाट सेवा दिने प्रयत्न गरिरहेको छ । सपना दूरदराजमा छन्, चाहना गाउँमा छन्, शहरोन्मुख क्षेत्रमा छन् भन्ने सोँच बैंकको छ । मानिसले नयाँ सोच शहरको भीडभन्दा पर प्रतिबिम्बित गरेका छन् । बैंकले अरू संस्थालाई गाभ्दा पनि ग्रामीण क्षेत्रलाई केन्द्रमा राखेका वित्तीय संस्थालाई ध्यान दिएको छ । तसर्थ लगानी शहरभन्दा पर जरुरी भइसकेको छ ।

कृषि उद्यमशीलता र आय आर्जनका नयाँ क्षेत्रहरुको विकासमा जोड 
नेपालमा वार्षिक २ खर्ब भन्दा बढिको कृषि उपज आयात भइरहेको छ । नेपालमा जनशक्ति छ, उद्यमशीलता भएका किसान पनि छन्, बजार छ, उपभोगता पनि छ । तर उत्पादक र बजारको सम्बन्ध राम्रो नहुँदा विचौलियाहरु हाबी भइरहेका छन । त्यसैले जहाँ उद्यमशीलता छ, त्यहाँ लगानी गरौं भन्ने बैंकको मूलमन्त्र छ । देशभित्र रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधिलाई गाउँ–गाउँ सम्म पुर्याउनेतर्फ बैंक अर्गसर छ । दुःख गर्ने किसानले केही नपाउने, उपभोक्ताले बढी पैसा तिर्नुपर्ने अवस्था छ । यो अवस्थाको अन्त्यका लागि बैंकले कृषि उद्यमशीलतालाई जोड दिएको छ । ६० लाख बढि कामदार विदेशमा छन्, सीप सिकिरहेका छन् । उनीहरु फर्केर आउँदा नेपालमा काम गर्ने वातावरण बनोस् भन्ने बैंकको उदेश्य छ । नेपालमा अपार सम्भावना रहेको छ । त्यो सम्भावनालाई यथार्थतामा परिणत गर्ने बैंकको सोँच छ ।

मुद्दतीमा उच्च ब्याजदर
ब्याजदर बजारले निर्धारण गर्छ । माग र आपूर्तिको अर्थशास्त्रीय सिद्धान्तले ब्याजदर निर्धारण गर्छ । राष्ट्र बैंकको निर्देशन त छँदैछ । गत वर्षभन्दा यस वर्ष कम ब्याजदर छ तर निक्षेपकर्ताको पनि हित हेर्नुपर्छ । मूल्य वृद्धिको मात्रा पनि हेनुपर्ने हुन्छ भन्नेमा बैंक सचेत छ । एकल विन्दुमा ब्याजदर ल्याउने विषय पनि बजारले नै निर्धारण गर्ने कुरा सबैले बुझेको विषय हो । त्यसैले ग्लोबल आइएमई बैंकको ‘ग्लोबल आईएमई रेमिटर्स मुद्दती खाता’ मा ग्राहकहरुले १२.०३ प्रतिशत सम्म बार्षिक ब्याज प्राप्त गरिरहेका छन् । यस्तै ग्लोबल आइएमईमा मेरी उनीलाई, सबै नेपालिको बचत खाता, सामाजिक सुरक्षा भत्ता खाता, ग्लोबल टपअप मुद्धति बचत, ग्लोवल सहयात्री रेमिटान्स् बचत खाता लगायतका खाताहरु अत्यन्तै सुविधाजनक छन् । यती मात्र नभई बैंकबाट कर्जा लिनेहरुका लागि पनि बैंकले एकल विन्दुमा ब्याजदर निर्धारण गर्न सक्षम छ ।
\"\"
बैंकिङ्ग सुरक्षामा अब्बल
विश्वभर नै साइबर सुरक्षाको विषय अहम् बनेको छ । जस्तोसुकै सुरक्षा प्रणाली जडान गरे पनि सुरक्षाको पर्खाल तोड्नेसँग त केही लाग्दैन । यतीबेला विश्वभर नै बैंकिङ सुरक्षाको प्रश्न उठिरहेको छ । बैंक विश्वासको व्यापार हुने क्षेत्र पनि हो । सुरक्षित महशुस नभएमा लगानीकर्ता र निक्षेकपर्ताको विश्वास पनि टुट्छ । केही समयपहिले चिनियाँ ह्याकरले बैंकिङ्ग प्रणाली नै झण्डै सिध्याएका थिए । यस्तोमा ग्लोबल आइएमई बैंक सुरक्षा प्रणालीमा अत्यन्तै सचेत देखिन्छ । निक्षेपकर्ताको पैसा सुरक्षित राख्ने दायित्व एकातिर छँदैछ । अर्कोतिर बैंकले आम जनमानसको सुनिश्चित भविष्यको बारेमा पनि ख्याल गरेको पाइन्छ । ग्लोबल आइएमई बैंक हरेक तवरले सुरक्षित छ । बिगतमा बैंकले ‘बैंक अफ दी इयर’ को मान्यता पनि पाइसकेको छ । बैंकले सुरक्षाका लागि दुई–चार करोडको लोभमा फसेको छैन । केही रकम लोभ गर्दा ठूलो नोक्सानी व्यहोर्ने पक्षमा पनि बैंक छैन ।

बिदेशमा पनि फैलिने रणनीति 
पछिल्लो समयमा ग्लोबलले आफ्नो सेवाको दायरा बढाउनको लागि देशमा मात्र होइन, बाहिरी मुलुकमा पनि सेवा विस्तार गर्ने क्रममा बिभिन्न रणनीति बनाएको छ ।  हाल यस बैंकको सम्पर्क कार्यलयहरु भारत, बेलायत, अष्टे«लियामा रहेको छ । भने अबको केहि समयमा नै अन्य मुलुकहरुमा पनि क्रमिकरुपमा शाखा खोल्ने योजना रहेको बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल बताउँछन । नेपालको ७६ वटा जिल्लामा यो बैंक बिस्तार गरिसकेको र आउँदा दिनमा बाँकी रहेको १ जिल्लामा पनि शाखा विस्तार गर्ने  बैंकको योजना छ । 

अध्यक्ष चन्द्र ढकालको त्यो परिश्रम \"\"

बागलुङको अमलाचौरमा विसं २०२२ मा जन्मिएका चन्द्रप्रसाद ढकालको अहिलेको पहिचान ग्लोबल आइएमई बैंकको अध्यक्ष पद मात्र होइन । एउटा परिश्रमी र सफल व्यवसायी पनि हो । करिब साढे दुई दशकको उद्यमशीलताको यात्रामा उनले ग्लोबल आइएमई बैंकले कहाँबाट कहाँ पुर्याए । हामीले अहिले आँखै अगाडी देख्न सक्छौँ । तर उनको उद्यमशीलताको यात्रा धेरै पुरानो भने छैन । यति छोटो समयमै यतिका धेरै सफलता कसरी ? लगाव, इमान्दारी र परिश्रम । ढकाल पनि यही स्वीकार गर्छन् । ग्लोबल आइएमई बैंकको अध्यक्ष मात्र नभई अहिले उनी आइएमई ग्रूप र चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्ष पनि छन् । उनी उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पनि हुन ।

उनी अध्यक्ष रहेका अरु सामाजिक सङ्घसंस्था कैयौँ छन् । नेपालमा बैंक तथा वित्तीय सेवालगायत जलविद्युतका क्षेत्रमा पनि उनको ओझपूर्ण उपस्थिति छ । नेपालको व्यवसायमा बहुआयामिक क्षेत्र समेट्दै अघि बढेका उनी सबैलाई परिश्रम नै गर्न सिकाउँछन् । नेपालमा उद्योगमैत्री वातावरणको निर्माण, व्यवसायीका हकहितका विषयवस्तु, नीति निर्माणमा गरिने पैरवी, हालको कोभिड महामारीका कारण नेपालको उद्योग व्यवसाय क्षेत्रले भाग्नुपरेका समस्या र त्यसको समाधान, नेपालमा उद्यमशीलताको विकास तथा विस्तारको वातावरण निर्माण लगायतका थुप्रै विषयमा उनको ठुलो भूमिका छ । 
 

भेट्रान बैंकर रत्नराज बज्राचार्यको कुशल नेतृव 
ग्लोबल आइएमई बैंकमा ‘भेट्रान’ बैंकर रत्नराज बज्राचार्य प्रमुख कार्यकारीको भुमिकामा छन । अनुभवी बैंकरको रुपमा परिचित बज्राचार्य व्यवस्थापनमा अब्बल मानिन्छन । ग्लोबल आइएमईमा उनको नेतृत्व पहिलो होइन । उनले ग्लोबल आइएमईमा पहिलेनै नेतृत्व सम्हालेका थिए । सनराइज बैंक, एनसिसी बैंकको सिइओका रूपमा रही अनुभव संगालेका उनले ग्लोबल आइएमईलाई उचाइमा पुर्याउने थप रणनितिमा देखिन्छन । बैंकमा संस्थागत लगानी बढी भएकाले पनि बोर्ड र व्यवस्थापनको बीचमा हुनुपर्ने सम्बन्ध सुमुधुर छ । विश्वासको मात्रा पनि बढी छ । दैनिक काम कारवाहीमा सञ्चालक समिति लाग्नु हुँदैन, नीतिगत र दीर्घकालीन निर्णयमा लाग्नुपर्छ भन्ने संस्कार बैंकमा स्थापित भइसकेको छ । सिईओ बज्राचायको बैंकमा उच्च व्यवस्थापनका कर्मचारीसँग सुमधुर सम्बन्ध छ जसले संस्थागत हितमा निर्णय गर्छ । 

\"\"