नेप्सेमा एक बैंकसहित चार कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति कित्ता ?

नेप्सेमा एक बैंकसहित चार कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति कित्ता ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज (चैत्र ७ गते सोमबार) विभिन्न पाँच कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज वोमी लघुवित्त वित्तीय सस्था लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेड, प्राईम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो । 
वोमी लघुवित्त वित्तीय सस्था लिमिटेडको २० प्रतिशत बोनस बापतको ८ लाख २३ हजार ८ सय ८८ दशमलब ८० कित्ता सेयर सूचिकृत भएको हो ।

नेपाल एसबिआई बैंक लिमिटेडको ३.५० प्रतिशत बोनस बापतको ३३ लाख २२ हजार ७ सय ५२ दशमलब २६०३ कित्ता सेयर सूचिकृत भएको हो ।

प्राईम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस बापतको ३६ लाख २५ हजार ५ सय ८५ दशमलब ५४ कित्ता सेयर सूचिकृत भएको हो ।

त्यसैगरी, पोखरा फाइनान्स कम्पनी लिमिटेडको ८.०७५ प्रतिशत बोनस बापतको ७ लाख ७७ हजार ७ सय ४० दशमलब २३ कित्ता सेयर सूचिकृत भएको हो ।