नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम, लगानीकर्ता उत्साहित

नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम, लगानीकर्ता उत्साहित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

कारोबार हुने हप्ताको दास्रो दिन आज (सोमबार) सेयर बजार बढेको छ । अघिल्लो दिन १४.६७ अंकले घटेको बजारमा आज भने वृद्धि देखिएको हो ।  बजार बढ्दा कारोबार रकम पनि बढेको छ । लगातारको गिरावट पछि बजार बढ्दा लगानीकर्ता उत्साहित भएका छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १७.९९ अंकले बढेर २६३४.५७ विन्दुमा पुगेको छ । नेप्से ०.६९ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.८८ अंकले बढेर ४९६.२६ विन्दुमा पुगेको छ  ।

कूल २३१ वटा कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५९ करोड २७ लाख १८ हजार १ सय ३१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज होटेल एण्ड टुरिजम र अन्य समूह घटेको छ भने बाकी ११ ओटै उपसमूहको सेयर बढेको छ । आज सबैभन्दा धेरै विकास बैंक समूह बढेको छ । 

सोमबार नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । आज टेलिकमको २० करोड ९४ लाख ५७ हजार २ सय २९ रूपैयाँको कारोबार भएको हो । 

आज इमर्जीङ नेपाल लिमिटेडको सेयरमूल्यमा सर्वाधिक बढेको छ ।  आज कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ५ सय ७१ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ । 

यस दिन नेपाल टेलिकमकै सेयरमूल्य सर्वाधिक घटेको छ । आज टेलिकमको सेयरमूल्य २.९७ प्रतिशतले घटेर १ हजार ५ सय ४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।