कम्पनी सुरुवात गर्न अफ्ठयारो भइरहेको छ ? एनआईसी एशिया क्यापिटलको  ‘आईडिया टू आईपीओ’ सेवा लिनुहोस्

कम्पनी सुरुवात गर्न अफ्ठयारो भइरहेको छ ? एनआईसी एशिया क्यापिटलको  ‘आईडिया टू आईपीओ’ सेवा लिनुहोस्

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

एनआईसी एशिया क्यापिटलले अन्य मर्चेन्ट बैंकरहरुको भन्दा पृथक सेवा दिने उदेश्यका साथ संस्थागत परामर्श सेवा अन्तर्गत एक महिनाअघि ‘आईडिया टू आईपीओ’ नामक नयाँ सेवाको सुरुवात गरेको छ । क्यापिटलले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी उक्त सेवाको बारेमा जानकारी दिएको छ । ‘आईडिया टू आईपीओ’ सेवा अन्तर्गत संस्थागत व्यवसायिक अवधारणालाई नेपाली व्यवसायिक वातावरणमा स्थापित गराउने योजना सहित संस्थागत परामर्श, लगानी प्रबद्र्धन तथा कारोबारको दायरा विस्तारसँग सम्बन्धित कार्यहरु अगाडि बढाउने जनाएको छ । जहाँ कुनैपनि कम्पनी स्थापनाको सोच अर्थात आईडियादेखि सो कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गरिदिने अर्थात आईपीओमा परिणत हुँदाको बखत रेगुलेटरी फ्रेमवर्क अन्तर्गत प्रबन्धपत्र, नियमावली लगायत अन्य कागजातहरु तयार गर्ने तथा व्यवसायिक लगानीकर्ता खोज्न सघाउ पुरयाउने कार्यहरु गरिने बताएको छ ।

त्यसैगरी ‘आईडिया टू आईपीओ’ सेवा अन्तर्गत क्यापिटलले व्यवसायिक अवधारणालाई वास्तविकतामा परिणत गर्न आवश्यक पर्ने संस्थागत परामर्श सेवा लगायतका सम्पूर्ण कार्यहरुमा मर्चेन्ट बैंकरको रुपमा सघाउ पुग्नेछ । यो सेवा अन्तर्गत कुनै पनि कम्पनीलाई स्थापनादेखि आईपीओ जारी गरेर सूचीकृत हुँदासम्मको कार्यलाई एकीकृत रुपमा एकै स्थानबाट सम्पूर्ण सेवा उपलब्ध गराउने समेत घोषणा गरेको छ ।

 ‘आईडिया टू आईपीओ’ के हो ?  

‘आईडिया टू आईपीओ’ भनेको एउटा एनआईसी एशिया क्यापिटलले प्रदान गरिरहेको संस्थागत परामर्श सेवा अन्तर्गतको एउटा सेवा हो । संस्थागत परमर्श सेवा अन्तर्गत कुनैपनि कम्पनी स्थापना गर्नुभन्दा पहिला आईडिया हुन्छ । त्यो आइडिया भैसकेपछि उसले एउटा अर्गनाजेशनको रुपमा सेवा सुरुवात गर्दछ । यसरी कम्पनी सुरुवात गरिसकेपछि त्यो कम्पनी स्थापनका लागि चाहिने आवश्यक पूँजी आफ्नो पकेट, आफन्त साथीभाईहरुबाट जगेडा गरेको हुन्छ ।

यसरी कम्पनी स्थापना गरिसकेपछि कम्पनीलाई अगाडि बढाउनका लागि चाहिने फर्दर फण्डिङ्ग, एक्स्पान्सन अथवा रि ग्रोथका कुराहरु, मार्केटिङ्ग, टेक्नोलोजी इन्ह्यान्समेन्ट, म्यानुफ्यान्चरिङ्ग युनिटहरु थप्नुपर्ने होला, वा इलोक्ट्रोग्राफिकल एक्स्पान्सन गर्नुपर्ने हुनसक्छ ।

यसो गर्दा लगानीकर्ताले कहिले काँही गलत सल्लाह वा क्याल्कुलेसन भैरहेको हुनसक्छ । यसो हुँदा चाहिएकोभन्दा बढी वा कम लगानी गरिएको हुनसक्छ । यस्तो अवस्थामा एनआईसी एशिया क्यापिटलले सहि मात्रामा अधिकतम कति लगानी गर्नुपर्छ ? यसरी लगानी गरिसकेपछि अगाडि कसरी जाने भन्ने कुरा संस्थाागत परामर्शको सेवा मार्फत दिनेछ । 

यसरी बिजनेसको यात्रा गर्ने क्रममा कम्पनी स्थापनाका लागि आईडियादेखि आईपीओसम्म जाँदाखेरी सुरुमा बिउ पूँजी लगानी गर्ने होला, त्यसपछि एक्स्पान्सन, फर्दर एक्स्पान्सन, या मर्जर तथा एक्वीजिशन, एक्जिट स्ट्याटिजी होस् वा आईपीसँग चाहिने कुराहरुः जस्तै रेगुलेटरी रिक्यारमेन्ट, फाइनान्सिङ्ग कति चाहिन्छ, अगाडि बढ्न फिजिब्लिटी स्टडी, अथवा प्रोसेस बनाउने कुराहरु होला यस्ता समग्र कुराहरुलाई लिएर आईडियालाई मिनिमम पोडक्ट बनाउनका लागि हामी आईडियादेखि आईपीओसम्मको यात्रामा एउटा कम्पनीलाई चाहिने सेवा उपलब्ध गराउने क्यापिटलका सिइओ रायमाझिले जानकारी दिए । 

यसले कसरी सेवा दिन्छ ?
 
सिइओ रायमाझिका अनुसार ‘आईडिया टू आईपीओ’ सेवा लिनका लागि त्यस्ता कम्पनीहरुको सहजताका लागि सम्पर्क नम्बरहरु उपलब्ध गराएका क्यापिटलले गराउँछ । 
त्यसपछि सम्भावित प्रस्ताव आएका कम्पनीहरुसँग एक्सक्लुसिभ एग्रिमेन्ट क्यापिटलले गर्नेछ । यसरी सम्झौता भइसकेपछि एउटा समयसीमा निर्धारण गरेर मायलस्टोन क्रियट गरेर सोही अनुसार अगाडि बढ्नेछ ।