नेशनल लाइफ इन्स्योरेन्सको ३३औं वार्षिक साधारण सभा आइतवार हुँदै

नेशनल लाइफ इन्स्योरेन्सको ३३औं वार्षिक साधारण सभा आइतवार हुँदै

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३३औं वार्षिक साधारण सभा आइतवार (फागुन २९ गते) हुँदैछ ।

सभा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा बिहान १०:३० बजे शुरु हुने जानकारी गराएको हो । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै, सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना गरी ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २२ गते (एक दिन) बुक क्लोज गरिसकेको छ । यस आधारमा फागुन १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।