काठमाडौं – डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेका भैरहवा क्षेत्रका चार उद्योगले बक्यौता बुझाएका छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार यशोदा फुड्स प्रालिले चार लाख २५ हजार २३१ रूपैयाँ र जयदुर्गा प्लास्टिक उद्योगले ७० हजार ५३२ रूपैयाँ बक्यौता बुझाएका छन्।
यस्तै, सोना प्याकेजिङले तीन लाख ५५ हजार ६७ रूपैयाँ र सोना पोलिमर्सले तीन लाख ४६ हजार ३८९ रूपैयाँ बुझाएका हुन्। प्राधिकरण र ६१ वटा उद्योगबीच डेडिकेटेड र ट्रंक लाइनको विद्युत बक्यौताको विषयमा विवाद चल्दै आएको छ।
प्रतिक्रिया