उच्च व्यवस्थापनमा महिला बैंकरको सहभागिता, कुन बैंकमा कति ? 

उच्च व्यवस्थापनमा महिला बैंकरको सहभागिता, कुन बैंकमा कति ? 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनोज रेग्मी, काठमाडौं । 
पछिल्ला वर्षहरुमा बैंकिङ्ग क्षेत्रमा महिला सहभागिता निकै बढ्दै गएको छ । ३८ हजारभन्दा बढि कर्मचारीहरुले काम गरिरहेका २७ वाणिज्य बैंकहरुमा अहिले करिब १५ हजार महिला कर्मचारीहरु रहेको नेपाल बैंकर्स संघको तथ्याङकले देखाउँछ । यो करिब ४० प्रतिशत हो । त्यसो त नयाँ नियुक्त हुने कर्मचारीमा आधाभन्दा बढी हिस्सा महिलाहरुकै छ । विश्वविद्यालयबाट डिग्री हासिल गर्नेको संख्यामा पनि महिलाकै वर्चस्व भएका कारण यसको प्रभाव स्वभाविक रुपमा श्रम बजारमा परेको सरोकारवालाहरु बताउँछन । 

बैंकिङ्ग क्षेत्र श्रम बजारको एउटा आकर्षक क्षेत्र पनि हो । बैंक तथा वित्तीय संस्थाको बाक्लो उपस्थिति र उच्च प्रतिस्पर्धाले सिर्जना गरेको अवसरले वित्तीय संस्थाको उच्च तहमा महिला सहभागिता बढेको बैंकरहरु स्वयंमले बताउँछन । राजनितिक रुपान्तरणपछि महिलालाई घर भित्रै सीमित राख्नुपर्ने सामाजिक सोच समेत परिवर्तन भएपछि महिलाहरु उच्च शिक्षा तथा रोजगारका लागि बाहिर आउन थालेको यथार्थ देखिन्छ । 
\"\"
बैंकिङ्ग क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरसम्म पनि अहिले महिलाको बाहुल्य छ । डेपुटी गर्भनर डा. निलम ढुंगाना (तिम्सिना) नेपालको बैंकिङ्ग इतिहासकै पहिलो महिला डेपुटी गभर्नर हुन । झापा स्थायी घर भएकी तिम्सिनासँग २०५४ देखि नेपाल राष्ट्र बैंकको तह–तप्कामा काम गरेको अनुभव छ । हाल उनी राष्ट्र बैंकको ऋण व्यवस्थापन विभागमा छन । यस्तै नेपालको बैंकिङ्ग क्षेत्रको इतिहासमा पहिलो प्रमूख कार्यकारी अधिकृत (सिइओ) को रुपमा मेगा बैंकले अनुपमा खुन्जेलीलाई जिम्मेवारी प्रदान गर्यो । उनी नेपालको ८३ बर्षको बैंकिङ्ग इतिहासमा वाणिज्य बैंकको पहिलो महिला प्रमूख कार्यकारी अधिकृत हुन् ।
\"\"त्यतिमात्र नभई मेगा बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ छिन् । प्रमुख कार्यकारी अधिकृत, उप प्रमुख कार्यकारी अधिकृत मात्र होइन यस बैंकका उच्चपदमा १७ जना भन्दा बढि महिला कर्मचारी कार्यरत छन् । अवसर पाए महिलाले जे जस्तो ठाउँमा पनि पुरुष सो सरह काम गर्न सक्छन् भन्ने पुष्टि मेगा बैंकको उदाहरणबाट पनि हेर्न सकिन्छ ।
\"\"
यस्तै सनराइज बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) पदमा कार्यरत आरती राणा नेपाली बैंकिङ्ग क्षेत्रकै एक उदाहरणीय महिला प्रतिनिधि हुन् । सन् २००२ मा एभरेष्ट बैंकबाट म्यानेजमेन्ट ट्रेनीका रूपमा बैंकिङ्ग करियर सुरु गरेकी उनले एभरेष्टमा ५ वर्ष बिताएकी थिइन् । त्यसपछि ग्लोबल आईएमई बैंकमा डेपुटी म्यानेजरका रूपमा प्रवेश पाएकी राणा सहायक महाप्रबन्धक  (एजीएम) भइन् । आज बैंक तथा वित्तिय क्षेत्रमा प्रवेश गर्ने हजारौँ महिलाका लागि प्रेरणा बनिन् । ग्लोबल बैंकको १२ वर्षको यात्राबाट मोडिएर सनराइज बैंक पुगेकी उनी डेपुटी सिइओ नै भईन । 
\"\"
ग्लोबल आइएमई बैंकमा चिफ मार्केटिङ्ग अफिसरको भूमिकामा रहेकी शान्ता शिवाकोटी पनि नेपालका महिला बैंकरहरुका लागि एक उदाहरणीय पात्र हुन् । बैंकिङ्ग क्षेत्रमा १९ वर्षे कार्यरत उनीले एनआईसी बैंकबाट सुरु गरेकी थिइन । उनी एनआइसीको फाइनान्स र ट्रेजरी विभागमा ६ वर्षसम्म काम गरेपछि ग्लोबल आइएमई बैंकमा भएकी थिइन । ग्लोबल बैंकमा रहेर उनले ट्रेजरी, अपरेसन, मार्केटिङ, विजनेस प्रमोसन, ब्रान्डिङ्ग, ब्रान्च म्यानेजरदे चिफ अपरेटिङ्ग अफिसर (सीओओ) को भूमिका हुँदै हाल चिफ मार्केटिङ्ग अफिसरको भूमिकामा रहेकी छन् । 
\"\"
करिब ३० वर्षदेखि नबिल बैंकमार्फत् बैंकिङ्ग सेवा गर्दै आएकी नमिता दीक्षित अहिले नबिल बैंकको जोखिम व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारीमा छन । त्यसैगरि सेन्चुरी बैंकमा अनुपमा श्रेष्ठ चिफ रिक्स अफिसर छन ।  यसले पनि महिलासँग जोखिम मोल्ने र व्यवस्थापन गर्ने क्षमता रहेको स्पष्ट हुन्छ । त्यस्तै सिटिजन्स बैंक, ग्लोबल आइएमई बैक, लक्ष्मी बैंकमा १–१ जना महिला उच्च व्यवस्थापनमा कार्यरत छन् ।
\"\"
नविल बैंकमा १० जना, नेपाल वंगलादेश बैंकमा १ जना, नेपाल बैंकमा ६ जना, नेपाल इन्भेष्टमेन्ट बैंकमा ५ जना, एनएमबि बैंकमा १ जना, प्रभु बैंकमा १ जना, सानिमा बैंकमा ४ जना, सिद्धार्थ बैंकमा १ जना, स्ट्याण्डर्ड चार्टर्ड बैंकमा २ जना, सनराइज बैंकमा १ जना गरि ५० जनाभन्दा बढि महिला कर्मचारी बैंकका उच्च व्यवस्थापकीय तहमा कार्यरत छन् ।

बैंकिङ्ग क्षेत्रको विकास विस्तार र त्यसबाट सिर्जना भएका अवसरहरुले शैक्षिक रुपमा व्यवस्थापन अध्ययन गर्नेको संख्या समेत महिला सहभागिता धेरै हुँदै आएको छ । आर्थिक उदारीकरणपछि अर्थात २०४६ साल पछि सुरु भएको निजी क्षेत्रको सक्रियताले महिलालाई पनि घर भित्रबाट बाहिर निस्केर समाजलाई केही गरौं भन्नेतर्फ लगेको पाइन्छ । अझै पनि कति ठाउँहरुमा त शिक्षा र रोजगारी जस्ता क्षेत्रबाट पनि महिलालाई बञ्चित गरिन्छ । हिजोका दिनमा चुलो, चौको, घाँस दाउरा अनि मेलापातमा मात्रै सीमित रहने महिलाहरुले अहिले धेरै संघ संस्थाहरु सम्हालेका छन् ।