बलियो पासवर्ड कसरी बनाउने ? यस्ता छन् ५ उत्कृष्ट तरिका

बलियो पासवर्ड कसरी बनाउने ? यस्ता छन् ५ उत्कृष्ट तरिका


बैंकिङ्ग समाचार, काठमाडौं ।
अहिलेको समयमा हामी इन्टरनेटमा धेरै सक्रिय छौ । सामान्यतया,  हामीले दिनमा ५ देखि ६ वटा एप त पक्कै चलाउँछौ । फेसबुक, युट्यूब, टिकटक, इन्टाग्राम, जिमेल, ह्वाट्एप, भाइबर लगायत एपहरु त हाम्रो दैनिकी नै भइसकेका छन् । यी बाहेक बैकिङ्ग एपहरु, मेरो सेयर, वा अन्य व्यवसायिक एपहरु होलान यी सबै एपहरुमा हामी समान्यतया एकै प्रकारको पासवर्डको प्रयोग गर्ने गर्दछौ ।

हामी मध्य करिब ९५ प्रतिशत व्यक्तिहरुले यस्तै एकै प्रकारको पासवर्डको प्रयोग गरेका होलाउ । हुन पनि यति धेरै एपको लागि फरक फरक पासवर्ड बनाउन नै गाह्रो छ, बनाइ हालियो भने पनि यति धेरै एपको पासवर्ड सम्झन झनै गाह्रो छ । यो कारणले पनि हामीले सबै एकाउन्टमा एकै प्रकारको पासवर्डको प्रयोग गर्ने गर्छौ । तर यस्तो गर्दा के होला एक पटक विचार गरौं त ?

हाम्रो धेरैको बानी आफ्नो पासवर्डहरु पनि मोवाइलमा सेभ गरेर राख्ने हुन्छ । यस्तो गर्दा यदि मोवाइल हरायो भने र भेट्ने मान्छेले मोवाइलमा राखेको पासवर्डहरुको दुरुपयोग गरि तपाईको गोपनियता देखि लिएर बैंकमा रहेको पैसा समेत निकाल्न सक्ने छन् । वा कुनै एक एपको पासवर्ड ह्याक भएको खण्डमा सम्पूर्ण एपहरुको पासवर्ड ह्याकरले पत्ता लगाउन सक्नेछ र त्यसको दुरुपयोग गर्नेछ ।

अझ पछिल्लो समय मोवाइल लगायत डिजिटल माध्यमबाट बैकिङ्ग कारोबार, तथा सेयर लगायत पैसा सम्बन्धी कारोबार पनि मोवाइल वा डिजिटल माध्यमबाट नै गर्ने गर्छाै जसमा एकै प्रकारको पासवर्डको प्रयोग गर्छौ । त्यसमाथि जटिल प्रकारको पासवर्डको पनि प्रयोग गर्दैनौं । सामान्यतया हामी आफ्नो नाम वा १२३४५ साथै जन्ममिती जस्ता सामान्य तरिकाको पासवर्ड प्रयोग गर्छाै । 

हाम्रो एकाउन्टमा यति धेरै महत्वपूर्ण डेटा हुन्छ तर हामीले यसलाई निकै सामान्य मानेर सरल र सजिलो पासवर्डको प्रयोग गरिदिन्छौं । जसको कारणले हाम्रो गोपनियता वा बैकमा रहेको पैसा सुरक्षित नहुन सक्छ । 

पासवर्डलाई कसरी बलियो बनाउने ?
हामीले धेरै एपमा एकाउन्ट सक्रिय गराएको हुन्छौ । तर कहिले काही एपको सर्भर नै ह्याक हुन सक्छ जसको कारणले हाम्रो गोपनियताको चुहावट हुन सक्छ । केहि महिना अघि मात्र फेसबुकको ५३३ मिलियन प्रयोगकर्ताको डेटा ह्याक भएको थियो । ती ५३३ मिलियनमा हामी पनि परेको हुन सक्छौ । यस्तो डेटाहरु डार्कवेब मा बेचबिखन हुन्छ । हामीले बर्षेदेखि एउटै पासवर्ड प्रयोग गरिरहेका छौ भने, हाम्र्रो पनि निजी डाटा बेचबिखन भएको संभावना धेरै हुन सक्छ । 

हामीले गर्नुपर्ने पहिलो काम भनेको पासवर्डलाई लामो बनाउँने हो । पासवर्डमा कम्तिमा १२ अक्षरको प्रयोग गर्नु पर्दछ । यसो गरिएको खण्डमा अरुलाई सजिलै अनुमान लगाउन गाह्रो हुन्छ । त्यसैले सकेसम्म हामीले लामो पासवर्ड प्रयोग गर्नुपर्छ ।

पासवर्ड यस्तो हुनुपर्छ जुन अरुले सामान्य तरिकाले नै पत्ता लगाउन नसकोस । हामीले राखेको नाम, जन्ममिती आदि सरल र सजिलो पासवर्ड अरुले सजिलै अनुमान लगाउन सक्ने भएकोले यस्तो खालको पासवर्ड प्रयोग गर्नु हुदैन । 

यसको लागि हामीले एप स्टोर तथा प्ले स्टोरमा पासवर्ड जेनेरेटर एपहरु पशस्त पाउँछौ जसले तपाईको लागि आवश्यक जटिल र बलियो पासवर्डको व्यवस्था गरिदिन्छ । जसलाई तपाई कपी गरेर पेस्ट मात्र गरेपनि हुन्छ । 

प्रत्येक खाताको लागि फरक फरक पासवर्ड छान्नुहोस् ।
हामीले सामान्यतया एउटा पासवर्ड बनाउछौं । अनि सबै एकाउन्टमा सोही पासवर्ड प्रयोग गछौं । तर यस्तो गर्दा हाम्रो गोपनियता भङ्ग हुन सक्छ । मानै एउटा एकाउन्ट ह्याक भयो भने हाम्रो अन्य एकाउन्ट सुरक्षित रहोस ।

तर सबै एकाउन्टको लागि छुट्टा–छुट्टै पासवर्ड प्रयोग गर्दा यी पासवर्डहरु सम्झने कसरी भन्ने लाग्न सक्छ होला । तर यसको पनि एउटा साधारण तरिका छ । यसको लागि पासवर्ड म्यानेजर भन्ने एपले हाम्रो छुट्टा–छुट्टै पासवर्डलाई सुरक्षित तरिकाले एकै ठाउँमा राख्ने काम गरिदिन्छ ।

त्यसैले हामीले हरेक एकाउन्टको पासवर्ड सम्झिराख्नु पदैन । सबै अनलाईन एकाउन्टको पासवर्डहरु पासवर्ड म्यानेजरमा राख्नुपर्छ । त्यसपछि हामीले सम्झनु पर्ने भनेको एउटा मास्टर पासवर्ड मात्र हो ।
जब आफ्नो एकाउन्टमा लग–ईन गनुपर्ने हुन्छ । हामीले पासवर्ड म्यानेजरमा गएर सामान्य तबरले मास्टर पासवर्ड राख्यो भने यसले हाम्रो लग–ईन विवरणहरु आफै भरिदिन्छ । यो भएपछि हामीले जतिवटा एकाउन्ट बनाएपनि, जतिवटा पासवर्ड बनाएपनि सबै पासवर्ड सम्झिराख्न पर्दैन । एउटा मास्टर पासवर्ड मात्र सम्झिदिए पुग्छ ।

तर कहिले काहि पासवर्ड म्यानेजर आफै ह्याक हुन सक्छ । जस्तै २०१५ मा लास्टपास भन्ने पासवर्ड म्यानेजर नै ह्याक भएको थियो । त्यसैले पासवर्ड म्यानेजर पनि पुर्ण सरक्षित त हुदैनन्, तर जे भएपनि धेरै जस्तो पासवर्ड म्यानेजरले हाम्रो पासवर्डलाई भने सुरक्षित राख्दछन् ।

टु फ्याकटर वा मल्टी फ्याकटर प्रमाणीकरणको प्रयोग गर्ने
कहिले काँही जति सुरक्षित राख्छु भन्दा पनि पासवर्ड ह्याक हुन सक्छ । हालको समयमा सुरक्षित हुनको लागि एउटा पासवर्डमा मात्र निर्भर हुन पर्दैन । आफ्नो एकाउन्ट सुरक्षित राख्नको लागि अरु धेरै तरिकाहरु रहेका छन् । जस्तै, टु फ्याकटर वा मल्टी फ्याकटर प्रमाणीकरण यसले पासवर्ड सुरक्षित राख्न थप लेएर प्रदान गर्छ ।
हामीले मोवाइल बैंकिङ्ग बाट कारोबार गर्न लाग्यौं भने, हामीले पासवर्ड हालेर मात्र हुदैन । पासवर्ड हालिसकेपछि पनि बैंकबाट हामीलाई एसएमएसको माध्यमबाट एउटा ओटिपी कोड आउँछ, त्यो कोड नहाले सम्म हाम्रो कारोबार पुरा हुदैन ।

यसैलाई टु फ्याकटर वा मल्टी फ्याकटर प्रमाणीकरण भनिन्छ जसमा पासवर्ड मात्र हालेर पनि पुरा कारोबार गर्न मिल्दैन । कसैले हाम्रो पासवर्ड पाईहाल्यो भनेपनि आटिपी बिना हाम्रो एकाउन्टको पहुँच पाउन सक्दैन ।

फेसबुक, इन्ट्राग्राम, गुगल सबै सोसल मिडियामा टु फ्याकटर वा मल्टी फ्याकटर प्रमाणीकरणको विकल्प हुन्छ । एपको सेटिङ्गमा गएर खोल्नुपर्ने हुन्छ । दुईवटा भन्दा बढी पासवर्ड राख्नुपर्ने छ भने त्यसलाई मल्र्टी फ्याक्ट्रर अथेन्टीकेसन भनिन्छ । जस्तै यस अन्र्तरगत पासवर्ड र ओटिपि बाहेक पनि हामीले फिङ्गरपिन्ट, फेस स्क्यानर लगायत पासवर्ड राख्न सक्छौ ।

पासवर्ड पुनः प्रयोग नगर्ने  
एकपटक गरिसकेको पासवर्ड पुनः प्रयोग नगर्दा नै राम्रो यदि त्यो पासवर्ड बर्षै देखि प्रयोग भएको छैन भने पनि पुनः प्रयोग नगर्नुस् । 

अरु कसैलाई पासवर्ड नदिनुहोला
पासवर्डलाई निजी रुपमा नै प्रयोग गर्नुपर्छ । कहिलेकाही हामीले थाहा नै नपाई कुनैपनि वेबसाईट, एपमा आफ्नो पासवर्ड सेयर गरिराखेको हुन सक्छौ । यस्तो कुरा हरुमा ध्यान दिन जरुरी हुन्छ । कुनैपनि वेबसाईटहरुमा आफ्नो निजि डेटा राख्नु भन्दा अगाडी धेरै विचार पुर्याएर मात्र प्रयोग गर्नुपर्छ ।