काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लेखापाल व्यवसायमा ठूलो सम्भावना रहेको बताएका छन् । आज आयोजित अडिटर्स एसोसिएसन नेपाल (अडान)को १९औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले लेखापाल व्यवसायको क्षेत्रमा उल्लेख्य सम्भावना रहेको बताएका हुन् ।
गभर्नरअधिकारीले अहिले पनि धेरै व्यवसायको अडिट हुन नसकिरहेको बताउँदै लेखापाल व्यवसायीसँग पर्याप्त ज्ञान रहेको समेत उल्लेख गरे । ‘कम्पनीहरुको वित्तीय विवरण हेरिरहेका लेखापाल व्यवसायीले सबैजसो कम्पनीको वास्तविक प्रतिवेदनबारे जानकारी हुन्छ,’ गभर्नर अधिकारीले भने, ‘यसबाट अडिटर्सले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन सहयोगी भूमिका खेल्न सक्नुहुन्छ ।’
लेखापालले कर छली गर्न चाहेको खण्डमा लेखा व्यवसायीले नियामकीय भूमिकामा रहेका संस्थालाई यसबारे जानकारी दिएमा यथेष्ट कानून निर्माणमा सहजीकारण हुने गभर्नर अधिकारीको भनाई छ । नेपालको आर्थिक अवस्थाबारे समेत लेखा व्यवसायी जानकार रहेको बताउँदै उनले थपे, ‘चालू वर्षका लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरिसकेको छ ।’
गर्भनर अधिकारीले भने, ‘मौद्रिक नीति सार्वजनिक गर्दा केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय परिवेश र नेपालको अवस्था केलाएर ल्याइएको छ । यो वर्षको मौद्रिक नीति गत वर्षहरुको तुलनामा नीतिलाई सहजीकरण वा लचिलो बनाएका छौं ।’ यस्तै वित्तीय क्षेत्रसँग सम्बन्धीत नीतिमा समेत लचिलो व्यवस्था गरेको गभर्नर अधिकारीले बताए ।
यस्तो नीति लिँदा सो क्षेत्रमा असर नपरोस भनेर सोचेको समेत गभर्नर अधिकारीको भनाई छ । चालू वर्षको मौद्रिक नीतिले व्यवसायीक क्षेत्रको गिरेको मनोबल उठेको पाइएको अधिकारीको भनाई छ ।
प्रतिक्रिया