काठमाडौं – सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुबाट तल झरेको छ । गत साताको शुक्रबार अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज आइतबार घटेर कारोबार सुरु भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ९०० रुपैयाँ थियो। महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ७०० रुपैयाँ छ ।
यो गत साताको शुक्रबारको तुलनामा आएको २०० रुपैयाँको गिरावट हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपालमा समेत निरन्तर बढिरहेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य १७ सय ८५ रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार यसको कारोबार प्रतितोला १७ सय ९५ रुपैयाँमा भएको थियो । यो १० रुपैयाँको गिरावट हो ।
प्रतिक्रिया