पुर्नरकर्जा कार्यविधि परिमार्जन हुँदै, साना तथा घरेलु व्यवसायीलाई राहत हुने

पुर्नरकर्जा कार्यविधि परिमार्जन हुँदै, साना तथा घरेलु व्यवसायीलाई राहत हुने


बैकिङ्ग समाचार ।
नेपाल राष्ट्र बैंकले साना तथा घरेलु व्यवसायीहरुलाई लक्षित गरी पुनर्कर्जासम्बन्धी कार्यविधि परिमार्जन गर्ने भएको छ । यसको लागि तयारी भइरहेको राष्ट्र बैंकले जनाएको छ । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साना तथा घरेलु व्यवसायीहरुलाई प्राथमिकता दिनेगरी पुनर्कर्जा कार्यविधि परिमार्जन गरिने बताएका छन् ।

 पुनर्कर्जाको प्रक्रिया धेरै लामो भएकाले प्रयोगमा नआएको उनको भनाई छ । ठूला ऋणीहरुको मात्रै यसमा पहुँच रहेकाले कार्यविधि परिमार्जन गर्नुपर्ने अबस्था आएको गभर्नर अधिकारीले बताए । 

ठूला खालका ऋणीहरुले पुनकर्जाको सहुलीयत पाएको भन्दै उनले सानोभन्दा सानो व्यबसायीलाई समेट्ने तयारी भएको जानकारी दिए । पुनर्कर्जामा २ प्रतिशत ब्याज छुट हुन्छ । 

हालै सरकारले पुनर्कर्जाको सीमा बढाएको छ । राष्ट्र बैंकले पुनर्कर्जाको सीमा विस्तार गरी १ खर्ब पुर्‍याएको छ । यसअघि यो कोष ६० अर्बको रहेको थियो ।