काठमाडाैं – जुलाईमा ६४ हजार ५९९ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को एक महिनाको अवधिमा सो संख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।
यस अवधिमा भारतबाट सबैभन्दा धेरै २१ हजार ४९१ जना पर्यटक नेपाल आएका छन् । यस्तै, अमेरिकाबाट ७ हजार ८६४ जना र चीनबाट ६ हजार ८१९ जना पर्यटक नेपाल भित्रिएका छन् ।
यसैगरी, संयुक्त अधिराज्यबाट ३ हजार ८०६ जना पर्यटक नेपाल भित्रिएका छन् भने बंगलादेशबाट ३ हजार ४७० जना पर्यटक नेपाल आएका छन् । यस अवधिमा दक्षिण कोरियाबाट १ हजार ५३७ जना, श्रीलंकाबाट १ हजार २०७ जना र मलेसियाबाट १ हजार १२५ जना पर्यटक नेपाल आएका छन् ।
यसबाहेक जापानबाट १ हजार ११४ जना पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । यो महिना नेपाल भित्रिएकामध्ये दक्षिण एसियाली मुलुकबाट ४२.१ प्रतिशत नेपाल भित्रिएका छन् । यस्तै एसियाली मुलुकबाट १८.४ प्रतिशत, युरोपबाट १४.४ प्रतिशत र १३.७ प्रतिशत अमेरिकन छन् ।
यस्तै, ओसियानाबाट ३.२ प्रतिशत पर्यटक नेपाल भित्रिएका छन् भने अन्य मुलुकबाट ८.२ प्रतिशत पर्यटक नेपाल आएको बोर्डले जानकारी दिएको छ।
प्रतिक्रिया