आजबाट कार्यभार सम्हाल्दै धितोपत्र बोर्डका अध्यक्ष हमाल

आजबाट कार्यभार सम्हाल्दै धितोपत्र बोर्डका अध्यक्ष हमाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार,  काठमाडौं ।

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले आज आफनो कार्यभार सम्हालेका छन् । अर्थमन्त्री जनार्दन शर्माबाट शुक्रबार अर्थ मन्त्रालयमा शपथ ग्रहण गरेका हमालले आइतबार पदभार ग्रहण गरेका हुन् ।

यसअघि भिष्मराज ढुंगाना शेयर खरिद प्रकरणमा दोषी ठहरिएर पदमुक्त भएपछि करिब ५ महिना धितोपत्र बोर्ड अध्यक्षबिहिन भएको थियो । हमाललाई योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको संयोजकत्वमा रहेको छनोट समितिले नेपाल धितो पत्र बोर्ड (सेबोन)को अध्यक्षमा गत साता सिफारिस गरेको थियो ।