आज प्रतितोला कतिमा कारोबार हुँदैछ सुन ?


काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ। सोमबार तोलामा सामान्य बढेको सुनको मूल्य आज स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।