काठमाडाैं – नेपालीहरूको महान् चाड दसैँ तिहारलाई लक्षित गर्दै अमेरिकाको भर्जिनियामा ‘दसैँ तिहार २०२४’(DT FeSt 2024) आयोजना हुने भएको छ। थी इ ईन्टरट्रेन्मेट (3E Entertainment) ले ५ अक्टोबरमा भर्जिनियामा दसैँ तिहारमा देश बाहिर रहेका नेपालीलाई लक्षित गर्दै मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेको हो।
नेपाली कला संस्कृति, गीत सङ्गीत, नेपाली परिकारका साथै हस्तकलाकाे संरक्षण प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको आयोजकको भनाइ छ।
DT Fest 2023 को अपार सफलता पछि तेस्रो संस्करण DTFest 2024 हुन लागेको हो। कार्यक्रममा नेपाली कला संस्कृतिको प्रदर्शनका साथै नेपालका चर्चित कलाकारहरूको बेजोड प्रस्तुति रहने छ। साथै, विभिन्न नेपाली परिकार, नेपाली हस्तकला र सम्पदाको प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ ।



About Us
प्रतिक्रिया