३ करोड ३० लाख कित्ता सेयर पुनः बिक्री गर्दै एचआइडीसीएल

३ करोड ३० लाख कित्ता सेयर पुनः बिक्री गर्दै एचआइडीसीएल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले आउदो आइतबार अर्थात फागुन १ गते देखि संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर पुनः बिक्री गर्ने भएको छ ।  यसअघि लिलामी गर्दा बिक्री नभएको उक्त सेयरमा अब सर्वसाधारण व्यक्ति तथा संस्थहरुले पनि आवेदन दिन सक्नेछन् । 
यसमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ भने सेयरको न्यूनतम मूल्य १०० रुपैया तोकिएको छ । त्यसैले लगानीकर्ताले सोही मूल्यलार्इं आधार मानेर लिलाम बोलकबोलमा सहभागी हुनपर्नेछ ।  लगानीकर्ताहरुले विक्री प्रबन्धक ग्लोबल आइ.एम.ई क्यापिटल, नक्साल काठमाडौंबाट लिलामी भर्न सक्नेछन भने ग्लोबल आ.ई.एम.ई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, विरगन्ज हेटौडा, नारायणगढ र पोखरा शाखाबाट आवेदन दिन पाईन्छ । 
साथै, ग्लोबल आई.एम.ईको बुटवल,बाग्लुङ्ग, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि बोलकपत्र फारम भर्न पाउने व्यवस्था गरिएको छ । 
न्यूनतम १०० कित्तादेखि अधिकतम १० ले भाग जाने संख्यामा आवेदन दिन सकिने छ ।