यसरी बिफल भयो एनआइसीका सिइओ रोशन न्यौपानेको स्ट्राटेजि, राष्ट्र बैंकले एग्रेसिभ ब्यापार नर्गन निर्देशन दिनुको अर्थ के हो ? 

यसरी बिफल भयो एनआइसीका सिइओ रोशन न्यौपानेको स्ट्राटेजि, राष्ट्र बैंकले एग्रेसिभ ब्यापार नर्गन निर्देशन दिनुको अर्थ के हो ? 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनोज रेग्मी, काठमाडौं । 

नेपाल राष्ट्र बैंकले एनआइसी एशियालाई लाभांस बाँड्न रोक लगाएको छ । एनआइसी एशियाको ब्यापार आक्रमक भएको र पूँजीकोष अनुपात नपुगेको भन्दै राष्ट्र बैंकले लाभांश बाँड्न क्याप लगाइदिएको हो । राष्ट्र बैंकले बैंकहरुले लिएको जोखिममा सम्बन्धित बैंकका लगानीकर्ताहरुले लगाउनुपर्ने पूँजी पनि तोकिदिएको हुन्छ । यस्तो पूँजीको अनुपात अहिले १० प्रतिशत हुनुपर्ने व्यवस्था छ । २.५ प्रतिशत बफर क्यापिटल राख्नुपर्ने व्यवस्था चाहीँ कोभिडका कारण राष्ट्र बैंकले स्थगन गरेको छ । 

लाभांश नपाउने भएपछि एनआइसी एशियाका ग्राहकहरु आक्रोशित देखिएका छन । पछिल्लो समय एनआइसी एशियाले आफ्ना ग्राहकहरुको सुविधामा त्यती ध्यान दिएको भने देखिँदैन । आफ्नो एग्रेसिभ ब्यापारमा मात्रै ध्यान दिने तर भरपर्दा ग्राहकहरुको सहजता र सुविधालाई ध्यानमा नराख्ने, चर्को ब्याज असुल्ने लगायतका आरोपहरु पनि बेला–बेलामा आइरहेको देखिन्छ । 

सेयरधनीले कम पैसा हाल्ने तर बैंकले बढी बिजनेश गर्ने भयो भने त्यो बैंकमा जोखिम हुन्छ भन्ने केन्द्रीय बैकले औल्याएको छ । यस सम्बन्धमा बैंकिङ समाचारसँग कुरा गर्दै नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकार भट्टले सर्वसाधारणको डिपोजिटले चल्ने बैंकको विजनेशमा शेयरधनीले हालेको पैसा थोरै हुने हुनाले बैंकले नियमनकारी निकायले एग्रेशिभ रुपमा ब्यापार नगर्न भनेको बताए । उनले भने, ‘११ प्रतिशत पूँजीकोष अनुपात पुर्याउनका लागि बैंकहरुले प्राथमिक पूँजी र पुरक पूँजी जोडेर पुर्याउनुपर्छ । १० प्रतिशतको पूँजीकोष अनुपातमा साढे ८.५  प्रतिशत प्राथमिक पूँजीबाट पुर्याउनुपर्ने हुन्छ । प्राथमिक पूँजीमा चुक्ता पूँजी, रिजर्भ, रिर्टन अन अर्निङ जोडिएको हुन्छ । पुरक पूँजीमा ऋणपत्रलाई जोड्न पाइन्छ । एनआइसी एशिया बैंकको पूँजीकोष अनुपात १२.४३ प्रतिशत छ । राष्ट्र बैंकले तोकेको पूँजीकोष अनुपात ऋणपत्रका कारण पुर्याउन सके पनि प्राथमिक पूँजीबाट हुनुपर्ने साढे ८ प्रतिशत एनआइसी एशियाले पुर्याउन नसकेपछि लाभांश बाँड्न रोक लगाइएको  हो । यसमा थप स्पष्टिकरणको आवश्यकता नपर्ला ।’ 

\"\"

एनआइसी एशिया बैंकको प्राथमिक पूँजीबाट पुर्याउनपर्ने पूँजीकोष ८.१ प्रतिशत मात्रै छ । ८.५ प्रतिशत हुनुपर्ने पूँजीकोष ८.१ प्रतिशत भएपछि राष्ट्र बैंकले लाभांश बाँड्न रोकेको हो ।

यता एनआइसी एशिया बैंकले भने आफुँले ब्यापार गर्न पाउनुपर्ने भन्दै नियमनकारी निकायसँगै झोकिएको छ । ग्रामीणसम्मै पुगेर आफुले १०/२० लाख  ऋण दिँदै हजारौंलाई उद्यमी बनाएको जिकिर गर्दै चाहे अनुरुपमको ब्यापार गर्न नियमनकारी निकायले दिनुपर्ने बैंक बताउँछ । त्यसो त एनआइसी एशियालाई लाभाशं घोषणा गर्ने मितिमै थाहा थियो कि भविष्यमा यस्तो नौवत आउन सक्छ भनेर । तर पनि बैंकको कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले भने दरवाने शैलीमा राष्ट्र बैंकको ढोकामा पुगेर ठुलै लबिङ गरे । राष्ट्र बैंकका डेपुटी गर्भनर, कार्यकारी निर्देशकसम्मलाई हारगुहार गरेको कुरा पनि बाहिर आएको छ । आफ्नो नाम नबताउने शर्तमा राष्ट्र बैंकका एक कर्मचारीले भने, ‘एनआइसी एशियाको एग्रशिभ ब्यापारले वित्तीय प्रणालीमा जोखिम निम्त्याउन सक्ने थाहा हुँदा हुँदै पनि यस्तो लबिङ गर्नु उचित नहोला । एनआइसीलाई राष्ट्र बैंकले दिएको सन्देश यही नै हो ।’ 

लाभांश नपाउने भएपछि एनआइसी एशियाका ग्राहकहरु आक्रोशित देखिएका छन । पछिल्लो समय एनआइसी एशियाले आफ्ना ग्राहकहरुको सुविधामा त्यती ध्यान दिएको भने देखिँदैन । आफ्नो एग्रेसिभ ब्यापारमा मात्रै ध्यान दिने तर भरपर्दा ग्राहकहरुको सहजता र सुविधालाई ध्यानमा नराख्ने, चर्को ब्याज असुल्ने लगायतका आरोपहरु पनि बेला–बेलामा आइरहेको देखिन्छ । 

‘कुनै पनि बैंक तथा वित्त कम्पनीका सेयरधनीहरुले आफ्नो पुँजी पनि हालेका हुन्छन्, बैंकले आफ्नो वासलातको आकार ठूलो बउनाउँदै जाँदा लगानीकर्ताहरुको स्वामित्व ह्रास आउँछ भन्ने जानकारहरुले बताउँदै आएका छन । यसो गर्दा सम्बन्धित संस्थामा मात्रै नभई समग्र वित्तीय प्रणालीमै समस्या आउने डर हुन्छ, त्यस्तो अवस्था आउन नदिन राष्ट्र बैंकले बैंकलाई सजग गराएको मात्रै हो । 

अघिल्लो आर्थिक वर्षमा पनि राष्ट्र बैंकले तोके अनुसारको पूँजीकोष अनुपात कायम नगर्ने बैंकलाई लाभांश बाँड्न नदिने बताएको थियो । तर, एनआइसी एशियाले तोकेको पूँजीकोष अनुपात नपुर्याए पनि लाभांश बाँड्न पाएको थियो । तर, यो पटक भने राष्ट्र बैंकले एनआइसी एशिया बैंकलाई लाभांश बाँड्न दिएन । राष्ट्र बैंकले हरेक महिना नै तोकिएको पूँजीकोष अनुपात नपुगेमा लाभांश बाँड्न नदिने नीति लिएको छ ।

यस्तो छ एनआइसी एशिया बैंकको पछिल्लो वित्तिय अवस्था 

एनआईसी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. २ अर्ब ४० करोड २० लाख ६६ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष बैंकले १२ दशमलव ५९ प्रतिशत बढी रू. ३  अर्ब ४२ करोड ५ लाख ५५ हजार सञ्चालन नाफा गरेको छ । १७ दशमलव ७९ प्रतिशत प्रस्तावित लाभांश पारित गर्न बाँकी बैंकको चुक्तापूँजी भने रू. ११ अर्ब ५६ करोड ४० लाख ५ हजार छ ।

\"\"

जगेडा कोष रकम रू. ८ अर्ब ७६ करोड ७९ लाख ९१ हजार रहेको बैंकको रिटेन्ड अर्निगमा रू. २ अर्ब ७८ करोड २८ लाख ९२ हजार रहेको छ । गत वर्षभन्दा २ दशमलव ७६ प्रतिशत बढी रू. २ खर्ब ९४ अर्ब ९४ करोड ८ लाख ७२ हजार निक्षेप संकलन गरेको बैंकले गत वर्षभन्दा ५ दशमलव २९ प्रतिशत बढी रू. २ खर्ब ६१ अर्ब ९२ करोड ३० लाख ३३ हजार कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ४३ रहेकोमा यस वर्ष शून्य दशमलव ४७ कायम भएको छ ।

एनआइसी एशिया बैंकको ब्यापार त बढ्यो तर बैंकले पुँजी भने बढाउन सकेन । पुँजी बढाउनका लागि खासगरी २ उपाय छन् । पहिलो बैंकले कमाएको नाफाबाट बोनस सेयर वितरण गरेर वा हकप्रद सेयर जारी गरेर चुक्ता पुँजी बढाउने । तर पछिल्लो समय राष्ट्र बैंकले हकप्रद सेयरका लागि अनुमति दिएको छैन । जसकारण व्यवसायको आकार बढ्दै जाँदा अहिले एनआइसी एशिया बैंकसँग पुँजी कोष अनुपात राष्ट्र बैंकले तोकेजति हुन नसकेको हो ।

एनआइसी एशिया बैंकलाई थप व्यवसाय गर्नका लागि राष्ट्र बैंकले तोकेको नीति बाधक भएपछि अहिले गर्नुपर्ने काम भनेको अहिलेको व्यवसायलाई निरन्तरता दिने हो । अब एनआइसी एशियाले यस्तो नगर्नुको विकल्प छैन । 

\"\"