चैत मसान्तसम्म १ खर्ब ५० अर्ब आन्तरिक ऋण उठाउदै सरकार

चैत मसान्तसम्म १ खर्ब ५० अर्ब आन्तरिक ऋण उठाउदै सरकार


बैंकिङ्ग समाचार, काठमाडौं ।

सरकारले चैत मसान्तसम्म १ खर्ब ५० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । यसअघि पुस मसान्तसम्म ६ अर्ब ऋण उठाइसकेको छ । यस्तै अंश पुस मसान्तसम्म २.५ प्रतिशत रहेको छ । कुल आन्तरिक ऋणको ४२.१ प्रतिशत चैत मसान्तसम्म ऋण उठाउने भएको छ ।

राष्ट्र बैंकले आन्तरिक ऋणपत्र ट्रेजरी बिल, विकास ऋणपत्र, ५ वर्षको लागि नागरिक बचतपत्र र ५ वर्षको लागि वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्नेछ ।
चैत मसान्तसम्म राष्ट्र बैंकले ४४ अर्बको ट्रेजरी बिल्स बिक्री गर्ने भएको छ । जसमा २८ दिनको लागि ५ अर्ब, ९१ दिनको १२ अर्ब, १८२ दिनको लागि १२ अर्ब र ३६४ दिनको लागि १५ अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।

यस्तै चैत मसान्तसम्म ५४ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । त्यसको लागि २ वर्षको लागि १९ अर्ब ५० करोड ४ वर्षको लागि २५ अर्ब, ५ वर्षको लागि १० अर्ब निष्काशन गर्ने भएको छ । यस्तै ५ वर्षको लागि नागरिक बचतपत्र निष्काशन गर्ने छ । जसको रकम २ अर्ब रहेको छ ।
सरकारले आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले विभिन्न विधि अपनाउने गरेको छ । जसमा ट्रेजरी बिल, विकास ऋणपत्र, ५ वर्षको लागि नागरिक बचतपत्र र ५ वर्षको लागि वैदेशिक रोजगार बचतपत्र रहेका छन् ।

सरकारले वैशाखदेखि असारको अवधिमा धेरै आन्तरिक ऋण उठाउने छन् । उक्त तीन महिनाको अवधिमा ५५.४ प्रतिशत आन्तरिक ऋण उठाउने भएको छ । त्यो भनेको १ खर्ब ३२ अर्ब ५० करोड रुपैयाँ हो । त्यसको लागि ट्रेजरी बिलबाट ५५ अर्ब, विकास ऋणपत्रबाट ७५ अर्ब, ५ वर्षे नागरिक बचतपत्रबाट २ अर्ब र ५ वर्षे वैदेशिक रोजगार बचतपत्रबाट ५० करोड रुपैयाँ सरकारले ऋण उठाउने भएको छ ।

राष्ट्र बैंकले निष्काशन गर्ने टे«जरी बिल, विकास ऋणपत्र बोलकबोल विधिबाट निर्धारण गरिन्छ । नगरिक बचतपत्र ५ वर्षको लागि हुने गरेको छ । यसमा १० प्रतिशत ब्याज पाइने छ ।