बैंकिङ्ग समाचार,
काठमाडौं ।
बोर्डको आम्दानी गत अघिल्लो आवको तुलनामा गत आवमा १७५.३८ प्रतिशतले बढेको छ । अघिल्लो आवमा बोर्डको आम्दानी ३८ करोड ९६ लाख रुपैयाँ रहेकोमा गत आवको सोही अवधिमा १ अर्ब ७ करोड २९ लाख रुपैयाँ पुगेको छ ।
यो अवधिमा बोर्डको आम्दानीतर्फ धितोपत्र दर्ता तथा निष्काशनका लागि स्वीकृति प्रदान, सामूहिक लगानी योजना स्वीकृति, क्रेडिट रेटिङ्ग सेवा शुल्क, सिडिएस एण्ड क्लियरिङ्ग कम्पनी तथा धितोपत्र बजार अनुमति पत्र नवीकरण दस्तुर, मर्चेन्ट बैकिङ्ग तथा ब्रोकर प्रमाणपत्र नवीकरण दस्तुर, धितोपत्र कारोबार दस्तुर, विभिन्न आवेदन शुल्क, विवरणपत्र प्रशोधन शुल्क र अनुमति पत्र शुल्क रहेको छ ।
यस्ता खाले शुल्कबाट बोर्डले गत आवमा ९८ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको छ ।
बोर्डले व्याज आम्दानीबाट ८ करोड ३० लाख र विविध आम्दानीतर्फ १४ लाख रुपैयाँ प्राप्त गरेको छ । आर्थिक वर्ष २०७६र७७ मा बोर्डको कर बाहेकको कुल खर्च १५ करोड १४ लाख रहेकोमा सन् २०२० को शुरुवाती समयबाट विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण सरकारले लगाएका प्रतिवन्धात्मक व्यवस्थाहरुको कारण बोर्डको कुल खर्च ९अपरिष्कृत० ३४।५६ प्रतिशतले घटेर ९ करोड ९१ लाख पुगेको छ ।
आ।व। २०७६र७७ मा बोर्डको कर खर्च ९चालु कर खर्च र स्थगन कर खर्च० ७ करोड ६१ लाख रहेकोमा गत वर्ष बोर्डको कुल खर्च ४० प्रतिशतले बढेर १० करोड ६६ लाख पुगेको छ । अघिल्लो वर्ष १६ करोड ६९ लाख बचत भएकोमा गत वर्ष ४२२.५९ प्रतिशतले बृद्धि भई वचत ८७ करोड २५ लाख रुपैयाँ पुगेको छ ।
आ।व। २०७७र७८ को अपरिष्कृत वासलात तथा आय–व्यय विवरण क्रमशः अनुसूची–७, ८ मा प्रस्तुत गरिएको छ ।
बोर्डका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा बोर्डको वासलातको आकार १ खर्ब ३८ करोड ९ लाख रहेकोमा गत आव २०७७र७८ मा वासलातको आकार ९अपरिष्कृत० २ खर्ब २४ करोड ९८ लाख पुगेको छ ।
पछिल्लो समय धितोपत्र बोर्डको आम्दानी हेर्दा सेबोन नियामक निकाय भन्दा पनि व्यापारीक निकाय जस्तो देखिएको छ । बोर्डले नियामक निकाय भएपनि विभिन्न शिर्षकमा लिने कमिशनका कारण बोर्ड व्यापारीक कम्पनी जस्तो देखिएको छ ।
बोर्डले अहिले धितोपत्र बजार, धितोपत्र व्यवसायी, सामूहिक लगानी कोष, डिपोजिटरी, निक्षेप सदस्य, क्रेडिट रेटिङ्ग तथा अन्य धितोपत्र व्यवसाय गर्न प्राप्त निवेदनहरुको अध्ययन गरी अनुमतिपत्ररदर्ता प्रमाणपत्र प्रदान गर्ने तथा नवीकरण गर्दा कमिशन लिने गरेको छ ।
त्यसैगरी संगठित संस्थाहरुको धितोपत्रहरु दर्ता गर्ने, विवरणपत्र, बिक्री प्रस्ताव, हकप्रद सेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरण पुस्तिका स्वीकृत गर्ने र विवरण पुस्तिका प्रकाशन गर्न संगठित संस्थाहरुलाई स्वीकृति प्रदान गर्ने, धितोपत्र बजार, सूचीकृत कम्पनी, सामूहिक लगानी कोष, निक्षेप सेवा, क्रेडिट रेटिङ्ग एजेन्सी तथा धितोपत्र व्यवसायीको गैर स्थलगत सुपरिवेक्षण गर्ने जस्ता कार्यहरु समेत गरिएका छन् । उक्त काम मध्ये अधिकांश कामबाट बोर्डले कमिशन लिने गरेको छ ।
गत वर्ष सेयर बजारमा कारोबार रकम निकै बढ्यो । कारोबार रकम २० अर्ब भन्दा बढी पुग्यो । यो भनेको अहिलेसम्मकै बढी हो । जसले गर्दा धितोपत्र बोर्डको आम्दानी १७५।३८ प्रतिशतले बढेको हो ।
बोर्डले आम्दानी बढाएपनि आम्दानी अनुसार लक्षित वर्गमा भने खर्च गर्ने गरेको छैन । बोर्डले सेयर लगानीकर्ताको सचेतनाको लागि गर्नुपर्ने खर्च कम गरेको छ । कोरोनाअघि बोर्डको कार्यालयमा नै शुक्रबार आफ्नै कार्यालयमा केही लगानीकर्तालाई सामान्त तहका तालिम दिने गरेको थियो । तर उपत्यका बाहिर भने बोर्ड प्रभावकारी रुपमा जान सकेको छैन ।
उपत्यका बाहिर गएपनि त्यहाँका जान्ने सुन्ने व्यक्ति, नेता, कर्मचारीलाई स्थानीय राम्रो होटलमा राख्ने अन्तकृया गर्ने र खर्च गर्ने गरेको छ । जो सेयर बजार भनेको के हो रु कसरी कारोबार गर्ने, बजारमा लगानी गरेर कसरी लगानी सुरक्षित गरेर कमाउने भन्ने खालको तालिम भने दिन नसकेको गुनासो पहिलादेखि नै आउने गरेको छ । त्यसतर्फ बोर्डले ध्यान दिन सकेको छैन ।



About Us
प्रतिक्रिया