बैंकिङ्ग समाचार, काठमाडौं ।
चालु आर्थिक वर्षको पहिलो ५ महिनाको अवधिमा विकास बैंकहरुले साढे २ अर्ब खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार मङ्सिर महिनासम्ममा १७ विकास बैंक मध्ये नाफामा रहेका १२ विकास बैंकले २ अर्ब ५४ करोड १७ लाख खुद नाफा आर्जन गरेका हुन् ।
सबैभन्दा बढी खुद नाफा मुक्तिनाथ विकास बैंकको रहेको छ । यस अवधिमा मुक्तिनाथ विकास बैंकले ४६ करोड १२ लाख खुद नाफा कमाएको छ । त्यस्तै गरिमा विकास बैंकले ३४ करोड ३३ लाख खुद नाफा कमाएको छ भने ज्योति विकास बैंकले ३३ करोड ९४ लाख खुद नाफा कमाएको छ ।
महालक्ष्मी विकास बैंकको खुद नाफा ३१ करोड ६६ लाख रहेको छ भने कामना सेवा विकास बैंकको खुद नाफा ३० करोड ४१ लाख रहेको छ । त्यस्तै शाइन रेसुंगाले २७ करोड ६५ लाख, लुम्बिनी विकास बैंकले २४ करोड ७९ लाख, र शांग्रिलाले १४ करोड ७ लाख खुद नाफा कमाएका छन् । मितेरी, एक्सेल, कर्णाली र ग्रिनले क्रमश ४ करोड ३१ लाख, २ करोड ९८ लाख, २ करोड ९७ लाख र ८८ लाख खुद नाफा कमाएका छन् ।
यस अवधिमा कर्पोरेट, सिन्धु, सालपा, नारायणी र सप्तकोशी भने खुद घाटामा छन् । उनीहरुको खुद घाटा क्रमश ५ लाख २० हजार, ९ लाख २० हजार, १९ लाख २० हजार, ४४ लाख २० हजार र १० करोड ६ लाख रहेको छ । घाटामा रहेका ५ विकास बैंकको खुद घाटा १० करोड ८४ लाख रहेको छ । जस मध्ये शप्तकोशी डेभलपमेन्ट बैंकको खुद घाटा नै १० करोड रहेको छ ।
यी मध्ये सालपा भने नेप्सेमा सुचिकृत छैन ।
हेर्नुस ५ महिनाको अवधिमा विकास बैंकहरुको खुद नाफा/घाटाको विवरण :
S.N. |
Name of Development Banks |
Net profit (Loss) of 1st 5 months of FY 2078/79 (in millions) |
1 |
Mahalaxmi |
316.64 |
2 |
Jyoti |
339.43 |
3 |
Shangrila |
140.78 |
4 |
Muktinath |
461.22 |
5 |
Garima |
343.30 |
6 |
Kamana Sewa |
304.19 |
7 |
Shine Resunga |
276.57 |
8 |
Lumbini |
247.97 |
9 |
Miteri |
43.15 |
10 |
Karnali |
29.76 |
11 |
Excel |
29.87 |
12 |
Green |
8.83 |
13 |
Narayani |
(4.42) |
14 |
Corporate |
(0.52) |
15 |
Sindhu |
(0.92) |
16 |
Salapa |
(1.92) |
17 |
Saptakoshi |
(100.68) |
प्रतिक्रिया