काठमाडौं – पोखराको वोल्ड पिस प्यागोडा नजिकै रहेको रानीवन रिट्रीट होटलले विशेष मनसुन अफर प्याकेज ल्याएको छ। बुटीक होटलले जुन, जुलाई र अगस्ट महिनालाई लक्षित गर्दै मनसुन मार्वल प्याकेज ल्याएको छ। प्याकेज अन्तर्गत सोमबार देखि बिहीबार ६ हजारदेखि सुरु हुने कोठाहरुमा ६० प्रतिशत छुट, आइतबार देखि शुकबारसम्म ९ हजारबाट सुरु हुने कोठाहरुमा २५ प्रतिशत छुट पाइनेछ।
यी छुटका साथै पहिलो दिन खाजामा समेत छुट पाइने छ । अफर अवधिभर १५ प्रतिशत खानामा र १० प्रतिशत प्रेय प्रदार्थमा समेत छुट पाइनेछ । साथै ककटेल/मकटेलहरूमा विशेष खुशीको घण्टा पनि राखिएको छ । यी छुटहरु दुईजना व्यक्ति बस्न मिल्ने कोठाहरुको लागि हो ।
रानीवन रिट्रीटले मनसुन विशेष अफरका साथै आफ्नो ८ वटा नयाँ प्रिमियम कोठाहरु पनि थपेको छ । जहाँबाट अन्नपूर्ण, फेवाताललाई नियाल्दै स्विमिङ्ग गर्न सकिन्छ । साथै इनहाउस आयुर्वेदिक स्पा, र बहुउद्देश्यीय योग स्टुडियो र सम्मेलन केन्द्र सञ्चालन गर्ने प्रक्रियामा छन्।
पोखराको रानीवन पहाडी जंगलको सुनसान पहाडमा बसोबास गर्ने एउटा अद्वितीय बुटीक होटेलले इको–मैत्री वातावरण प्रदान गर्दछ। रानीवन पोखराको उत्कृष्ट दृश्य नियाल्न, फेवा तालको मनमोहक दृश्य हेर्न, विश्व शान्ति प्यागोडा र आकर्षक पोखरा उपत्यकाको भव्य मनोरम दृश्यहरूका लागि यो ठाउँ निकै उत्कृष्ट रहेको छ ।
प्रतिक्रिया