काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चार लाख २३ हजार ७२५ कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न पाँच जना संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्रीमा ल्याएकाे हाे।
संस्थापकहरूले यो शेयर किन्न नचाहेपछि सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो। यो शेयर किन्न इच्छुक सर्वसाधारणले ७ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।
प्रतिक्रिया