२६ करोड बराबरको ऋणपत्र निष्काशन गर्दै गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स

२६ करोड बराबरको ऋणपत्र निष्काशन गर्दै गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स


काठमाडौं– गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले २६ करोड बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा भएको व्यवस्था बमोजिम संस्थाको सञ्चालक समितिको असार ५ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

डिबेन्चर संख्या २ लाख ६० हजारको १००० रुपैयाँ प्रति दरले २६ करोड बराबरको ऋणपत्र निष्काशन गर्ने भएको हो । यो ऋणपत्रको अवधि ८ वर्षको रहने छ ।