बलेफी हाइड्रोपावरको विशेष साधारण सभा असार २० गते

बलेफी हाइड्रोपावरको विशेष साधारण सभा असार २० गते


काठमाडौं– बलेफी हाइड्रोपावर लिमिटेडकाे विशेष साधारण सभा असार २० गते हुने भएकाे छ। कम्पनीकाे असार ३ गते बसेको सञ्चालक समितिको बैठकले असार २० गते विशेष साधारण सभा बस्ने निर्णय गरेकाे हाे ।

विशेष साधारण सभा रोयल एलिनाज रेष्टुरेन्ट प्रालि, नयाँ बानेश्वर, काठमाडाैंमा असार २० गते बिहीबार बिहान ११ बजे बोलाइएको छ। सभाले कम्पनीको कर्जा सुविधा स्वीकृती सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ भने सञ्चालकहरुको नियुक्ति सम्बन्धमा समेत छलफल तथा निर्णय गर्ने कार्यसूची छ।

विशेष साधारण सभाका लागि कम्पनीले असार ११ गते मंगलबार शेयर दाखिला खारेज बन्द (बुकक्लोज) गर्ने भएको छ ।