दूधको बक्यौता भुक्तानी माग्दै किसान आन्दोलित

दूधको बक्यौता भुक्तानी माग्दै किसान आन्दोलित


काठमाडौं – दुग्ध विकास संस्थानले बक्यौता रकम भुक्तानी नगरेको भन्दै दुग्ध किसानहरु आन्दोलनमा उत्रिएका छन्। उनीहरू करिब ७ महिनादेखि दूधको रकम भुक्तानी नपाएको भन्दै दुग्ध विकास संस्थान (डीडीसी) अगाडि आन्दोलन उत्रिएका हुन्।

वैशाखमा डीडीसी र निजी डेरीले दूधको रकम दिए पनि दूध किसानको बक्यौता भने अझै बाँकी नै रहेकाले किसानहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले बाँकी बक्यौता तत्काल फिर्ता गर्न माग गरेका छन् । किसानहरुले अझै ४ अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी पाउन बाँकी रहेकाे बताएका छन् ।