सूर्यज्योति लाइफको ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

सूर्यज्योति लाइफको ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा


काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ लाखभन्दा बढी संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको ५ लाख ६८ हजार २ सय ८७ कित्ता शेयर बिक्रीमा राखेको हो ।

संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने यो सेयर इच्छुकले ३५ दिनभित्र थापाथलीस्थित कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफूले खरिद गर्न चाहेको शेयर संख्या र मूल्य खुलाई शिलबन्दी बोलपत्र पेस गर्नु सक्नेछन् ।