नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न १७ जनाको आवेदन

नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न १७ जनाको आवेदन


काठमाडौं – नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदका लागि १७ जनाको आवेदन परेको छ। लिमिटेडले गत जेठ २२ गते गोरखापत्रमा सूचना प्रकाशित गर्दै प्रबन्ध निर्देशक पदमा नियुक्तिका लागि इच्छुक नेपाली नागरिकहरूलाई दरखास्त पेस गर्न आह्वान गरेको थियो।

सूचनाअनुसार दर्ता हुन आएकाहरूमा राजेश जोशी, अनन्त प्रकाश मल्लिक, विमल आचार्य र संगीता पहाडी रहेका छन् । त्यस्तै, प्रेमप्रसाद सिलवाल, चिन्तामणि बराल, कृष्णप्रसाद भण्डारी, अनिलकुमार झा, डा.ई. शालिग्राम पराजुली र लक्ष्मणले पनि आवेदन दर्ता गरेका छन् । आवेदन दिने सूचीमा ई. सुभाष साह, नगेन्द्र कुमार दास, केदारनाथ कोइराला, कमल लामिछाने, रमेशप्रसाद जोशी, ई. शालिकराम सुवेदी र बुद्धिप्रसाद आचार्य पनि रहेका छन्।

आवेदन दिनका लागि ३५ वर्ष पूरा भई ५८ वर्ष उमेर ननाघेको, मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ वा मेकानिकल इन्जिनियरिङमध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने न्यूनतम मापदण्ड राखिएको थियो।