बुधबार सुनको मूल्य स्थिर,कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – आज बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। मंगलबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ।

आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य भने तोलाको १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।