काठमाडौं – सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति भएको छ। सहमति भएसँगै तेल आपूर्ति पनि सुरु भएको छ।नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण आइतबारबाटै राजधानीका पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्री रोकेका थियो । सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति भएसँगै तेल आपूर्ति पनि सुरु भएको हो।
आइतबारदेखि पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकहरूले आन्दोलन गर्दा देशभर पेट्रोलियम वितरण अस्तव्यस्त बनेको थियो । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले सरकार र निगमसमक्ष विभिन्न ७ बुँदे माग राखेका थिए।
सम्पूर्ण ट्याङ्कर चालक र सहचालक मजदुरको श्रम ऐनअनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने लगायत सङ्घको माग थियो। मन्त्रालय र संघबिच उनीहरूका माग सम्बोधन गर्ने गरी सहमति भएपछि चालकहरूले आन्दोलन फिर्ता लिएका छन्।
प्रतिक्रिया