चितवन – चितवनको कालिका नगरपालिका, खोलेसिमल बजारमा शनिबार राति सुनचाँदी पसलमा लुटपाट भएको छ। स्थानीय बिनोद सुनारले सञ्चालन गरेको बिनोद सुनचाँदी पसलमा हतियार देखाएर राति ८ बजेतिर लुटपाट भएको हो ।
लुटेरा समूहले पसलबाट ३५ केजी चाँदी, ३ केजी सुन र नगद २ लाख रुपैयाँ चोरी गरेको छ । सुनचाँदी लुटपाट गर्ने लुटेरा समूहले सीसीटीभी रेकर्ड हुने डिभाइससमेत चोरेर लगेको छ ।






About Us
प्रतिक्रिया