काठमाडौं – बाग्मती प्रदेश सरकारले सहुलियतपूर्ण कर्जा प्रवाहका लागि १ अर्ब बढी विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत बाग्मती प्रदेश सरकारले सहुलियतपूर्ण कर्जा प्रवाहका लागि १ अर्ब ५० करोड विनियोजन हो।
बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले व्यावसायिक उत्पादन वृद्धि तथा थप रोजगारी सिर्जनाको उद्देश्य अनुरूप गरिएको सहुलियतपूर्ण ऋण प्रवाह कार्यक्रमलाई निरन्तरता दिनको लागि १ अर्ब ५० करोड छुट्टाएको जानकारी दिए ।
यस कार्यक्रमको प्रभावकारिता अध्ययन गरी कार्यान्वयन कार्यविधिलाई थप वैज्ञानिक बनाइने उल्लेख छ। बाग्मती प्रदेश सरकारले शनिबार आगामी आर्थिक वर्ष २०८१/०८२ काे लागि ६४ अर्ब ५४ कराेड ४ लाखकाे बजेट ल्याएकाे छ।



About Us
प्रतिक्रिया