सिटिजन लाइफ इन्स्योरेन्सको डीसीईओमा दीपबहादुर बिसी


काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी (डीसीईओ) मा दीपबहादुर बिसी नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको असार १ गते बसेको बैठकले बिसीलाई डीसीईओमा नियुक्त गरेको हो।

एसिया ई युनिभर्सिटीबाट स्नातकोत्तर गरेका बिसीले द इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्ट अफ नेपालबाट चार्टर्ड अकाउन्टेन्सी इन्टरमेडिएटको शिक्षासमेत पूरा गरेका छन्। सिटिजन लाइफमा काम गर्नु अघि उनी प्राइम लाइफ इन्स्योरेन्स, टिबिआइ ग्रुपलगायतका संस्थामा लेखा तथा वित्त विभाग प्रमुखको जिम्मेवारीमा रहेका थिए।