सात इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज


काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न सातवटा इन्टरनेट सेवाप्रदायकको अनुमतिपत्र (लाइसेन्स) रद्द गरेको छ। प्राधिकरणबाट इन्टरनेट (इमेलसहितको) सेवा सञ्चालन गर्न अनुमति लिएका तर नवीकरण गर्न तोकिएको समयावधिभित्र दस्तुर नबुझाएका सात कम्पनीको लाइसेन्स स्वतः रद्द भएको हो।

लाइसेन्स रद्द हुने सेवा प्रदायक कम्पनीहरूमा श्री वशिष्ठ केबल नेट प्रालि, श्री इन्फो नेट टेक्नोलोजी प्रालि, श्री सिम्पल इन्टेलिजेन्ट सिस्टम एण्ड टेक्नोलोजी प्रालि, श्री एशिया नेट कम्युनिकेशन प्रालि, श्री फास्ट स्पिड लिंक नेटवर्क प्रालि, श्री यस नेट नेपाल प्रालि र श्री मिथिला डिजिटल नेपाल प्रालि रहेका छन् ।

प्राधिकरणले लाइसेन्स रद्द हुनुअघि सेवाप्रदायकले नेपाल सरकार तथा प्राधिकरणलाई नियमानुसार तिर्न बाँकी रकमसमेत ३० दिनभित्र बुझाउन निर्देशन दिएको छ ।