एकैदिन १६ सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार


काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन तोलामा १६ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४२ हजार १०० रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य तोलाको २० रुपैयाँले बढेको छ। मूल्य बढेसँगै चाँदी प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।