बक्र ईदका अवसरमा असार ३ गते सार्वजनिक बिदा

बक्र ईदका अवसरमा असार ३ गते सार्वजनिक बिदा


काठमाडाैं – सरकारले यही असार ३ गते सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै असार ३ गते सोमबार बक्र ईदका अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।

सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल-अजहा) का अवसरमा बिदा दिने निर्णय गरेको हो। सरकारले २०८० माघ २९ गते राजपत्रमा बक्र ईदमा सार्वजनिक बिदा दिने निर्णय प्रकाशित गरेको थियो।